+
+

कमजोर भिजिबिलिटीले तराईका तीन विमानस्थलमा उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते १३:१०
फाइल तस्वीर

२८ कात्तिक, काठमाडौं । कमजोर भिजिबिलिटीका कारण तराई भेगका विमानस्थलमा बुधबार बिहानभर उडान प्रभावित भएको छ ।

वायुसेवा कम्पनीहरूका अनुसार भैरहवा, भरतपुर र सिमरामा बिहानैदेखि उडान प्रभावित भएको हो ।

तराईमा बाक्लो हुस्सु लाग्ने भएका कारण बिहानको समयमा उडान नहुने समस्या छ ।

बुधबार पोखरामा भने उडान नियमित भएको छ । बुद्ध एयरले आज तराईका तीन विमानस्थलमा उडान प्रभावित भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?