+
+

नगरकोट जिपलाइनमा पर्यटकको आकर्षण बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १ गते १६:४७

काठमाडौं । नगरकोटमा निर्माण गरिएको नेपालको हालसम्मकै सबैभन्दा लामो ‘जिपलाइन’प्रति पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ ।

नगरकोटको ‘जिपलाइन’ नेपालको हालसम्मकै सबैभन्दा लामो दाबी गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित वडा नं. ६ र ७ को भूभागमा करिब एक वर्षअघि सञ्चालनमा आएको उक्त जिपलाइन २ हजार २५० मिटर लामो छ ।

करिब ५ करोड लगानीमा नगरकोट जिपलाइन निर्माण गरिएको हो । यो जिपलाइन एशियाकै दोस्रो र नेपालकै पहिलो लामो रहेको थापाले दाबी गरे । उनले सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकलाई लक्षित गरी जिपलाइन र होटल सञ्चालन गरिएको बताए ।

यो जिपलाइन खेल्न नेपालीका लागि प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । विदेशीका लागि प्रति व्यक्ति ५० डलर तोकिएको जिपलाइन सञ्चालक केदार थापाको भनाइ छ ।

थापा धुलिखेल जिपलाइनका पनि सञ्चालक हुन् ।

उनले जिपलाइन आउने ग्राहक लक्षित गरेर सुविधासम्पन्न होटल समेत निर्माण गरेका छन् । पर्यटकलाई सहज होस् भन्ने उद्देश्यसाथ करिब १० करोड लगानीमा ‘प्रेमदरबार’ होटल सञ्चालनमा ल्याएको उनले बताए।

होटलमा डिलक्स र स्ट्यान्डर्ड गरी दुई खालका कोठा छन् । होटलमा आउने पर्यटकका लागि स्थानीय आफ्नै फार्ममा उत्पादित कृषिजन्य उपज प्रयोग गर्ने गरिएको छ ।

स्थानीय स्वादमा जोड दिन आफ्नै फार्ममा खसी, बोका, कुखुरा तथा तरकारी उत्पादन गर्ने गरिएको होटलका एर्का एक सञ्चालक प्रेम बस्नेतले जानकारी दिए ।

फोटो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?