+
+

मिटरब्याज असुलेको आरोपमा व्यवसायीमाथि चक्कु प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १५:५२

६ मंसिर,बुटवल। मिटर ब्याज असुलेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताले दाङ घोराहीका एक व्यवसायीमाथि आक्रमण भएको छ ।

बिहीबार बिहान घोराहीको विपी चोकस्थित सञ्जिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले धनबहादुर बस्नेतको नाकमा चक्कु प्रहार गरेका हुन्  ।

घाइते बस्नेत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन् । आक्रमणमा संलग्न नेकपा बहुमतका कार्यकर्ता फरार रहेका र खोजी भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिए ।

नेकपा बहुमतका कार्यकर्ताले यसअघि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तलाई कालोमोसो दलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?