+
+

डिन र क्याम्पस प्रमुखको नियुक्ति मंसिरमै गर्छौं : उपकुलपति बराल

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले डिन र क्याम्पस प्रमुखहरू मंसिरभित्रै नियुक्ति गर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १९:३०
फाइल तस्वीर

६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले डिन र क्याम्पस प्रमुखहरू मंसिरभित्रै नियुक्ति गर्ने बताएका छन् ।

‘मेरिटको आधारमा नियुक्ति गर्ने हो । यसका लागि छनोट तथा सिफारिस समिति बनाएर काम गरेका छौं । समितिले नाम सिफारिस गरेको छ । मंसिरमै नियुक्ति गरिसक्छौं,’ अनलाइनखबरसँग कुरा गर्दै उपकुलपति बरालले भने ।

सिफारिस समितिले असोजमै नाम सिफारिस गरे पनि कार्यकारी परिषद्ले निर्णय नगर्दा डिन र क्याम्पस प्रमुखकको नियुक्तिमा ढिलाइ भएको हो ।

त्रिविमा ८ डिन, १८ क्याम्पस र ७ सहपरीक्षा नियन्त्रक नियुक्त गर्नुपर्ने छ । प्रत्येक समितिले तीन/तीन जनाको नाम सिफारिस गरेको छ । तीन जनामध्येबाट योग्यलाई नियुक्त गर्ने बरालले बताए ।

‘म एक्लैले छान्ने होइन । कार्यकारी परिषद्ले निर्णय गर्ने हो,’ उनले भने, ‘परिषद्ले तीन जनामध्येबाट योग्यलाई छान्ने हो ।’

दलहरूले आफू निकटकालाई नियुक्त गर्न दबाब दिएपछि ढिलाइ भएको चर्चा छ । तर, उपकुलपति बराल आफूलाई कसैले दबाब नदिएको बताउँछन् ।

‘कतैबाट दबाब आएको छैन,’ उनले भने, ‘भागबन्डाका कारण रोकिएको हो भन्ने प्रश्नमा उनले भने, ‘मेरिटको आधारमा गर्ने हो, भागबन्डा होइन । सरकारलाई बुझाएको आफ्नो नीति तथा भिजनमा प्रणालीबाट नियुक्त गर्ने भनेको छु, त्यसै अनुसार गर्ने हो ।’

१५ मंसिरभित्र परिषद्को बैठक बसेर निर्णय गर्ने तयारी त्रिविको छ । तर, पार्टी निकटका प्रध्यापक संघ संगठन र विद्यार्थी नेताहरूले आफू निकटका व्यक्तिलाई बनाउन लबिइङ गरिरहेका त्रिविका अधिकारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?