१३ मंसिर, काठमाडौं । शनिवारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य आयोजना स्थल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानको तयारी अन्तिम चरणमा पुगेको छ ।
सारा नेपाली खेलकुद नै अहिले एनपीएल क्रिकेटको प्रतिक्षामा छन् र टीयू मैदान पनि खेल होस्ट गर्नका लागि तयारी अवस्थामा पुगेको छ । मैदानको पिचदेखि पहिलोपटक राखिएको डिजिटल स्कोर बोर्ड, दर्शकहरुको सुविधाका लागि फ्यान जोन र भिआईपी टिकटसम्मको व्यवस्था छ ।
८ टोली सहभागी एनपीएलको उद्घाटन खेलमा शनिवार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । एनपीएल उद्घाटन हुनु दुई दिनअघि अनलाइनखबर टिमले टीयू मैदानको ड्रोन भिडियो र फोटो क्लिक गरेको थियो । कस्तो बनेको छ त टीयू मैदान हेर्नुस् तस्वीरमा ।
भिडियोमा हेर्नुस् टीयू मैदानको भ्यू:
प्रतिक्रिया 4