+
+

कीर्तिपुरमा मेयरका दुई उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १४:१३

१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ ।

आयोगले नेकपा माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको हो । ‘अनुगमन टोली आउँदा आचारसंहिता विपरीत गतिविधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको हो,’ आयोग स्रोतले भन्यो ।

कीर्तिपुरमा राजनीतिक दल र स्वतन्त्र गरी २० जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्रका शिवशरण र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमानलाई सघाउने घोषणा गरिसकेका छन् ।

आइतबार कीर्तिपुरमा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?