+
+

रामप्रसाद घिमिरे सचिवमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २२:१५

१७ मंसिर, काठमाडौं। रामप्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्राविधिकतर्फका सहसचिव घिमिरेलाई सचिवमा बढुवा गरेको हो ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले अवकास पाएपछि घिमिरे सचिवमा बढुवा भएका हुन् ।

सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस भएका घिमिरे हाल खानी विभागको महानिर्देशक थिए ।

बढुवा सिफारिस समितिले पहिलो नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दिनानाथ मिश्र र तेस्रो नम्बरमा बुढी गण्डकी जलविद्युत आयोजनाको आयोजनाका प्रमुख मधुप्रसाद भेटवाल पनि सिफारिस गरेको थियो ।

मंसिरको मसान्तमा अवकास हुन लागेका घिमिरे सचिवमा बढुवा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?