+
+

श्रीमती कुटेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १५:५९

१८ मंसिर, धनगढी । श्रीमतीमाथि कुटपिट गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका एक जना उपप्राध्यापक पक्राउ परेका छन् ।

श्रीमतीमाथि कुटपिट गरेको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले भट्टविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ गरिएको जानकारी दिए । उनका अनुुसार भट्टमाथि शनिबार घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोप छ ।

जयन्तीका दाजुले दिएको किटानी जाहेरीका आधारमा भट्टलाई पक्राउ गरेर अदालतबाट म्याद थपेर अनुुसन्धान भइरहेको जोशीले बताए ।

प्रहरीका अनुसार श्रीमान्‌को कुटपिटबाट घाइते भएकी जयन्तीको धनगढीमा उपचार भइरहेको छ ।

उनका श्रीमान् मर्निङ ग्लोरी स्कुलका सञ्चालक समेत हुन् । उनले पारिवारिक विवादको विषयलाई लिएर श्रीमतीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?