+
+

राष्ट्रिय स्वयंसेवा नीति जारी गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १२:२४

२० मंसिर, काठमाडौं । सरोकारवालाहरुले राष्ट्रिय स्वयंसेवा नीति जारी गर्न सरकारसँग माग गरेका छन् ।

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागीहरुले स्वयंसेवकीय काममा आम युवाहरुलाई उत्प्रेरित गर्न पनि राष्ट्रिय नीति आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्वयंसेवा नीतिको प्रारम्भिक मस्यौदा तयार भए पनि जारी हुन ढिलाइ भएको बताए । उनले भने, ‘स्वयंसेवकीय काममा आम युवाहरुलाई उत्प्रेरित गर्न र तिनै तहका सरकारलाई मार्गदर्शन गर्न स्वयंसेवक नीति जरुरी छ ।’ बस्नेतले युवा तथा खेलकुद मन्त्रालयले अविलम्ब स्वयंसेवा नीति जारी गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संविधानसभा सदस्य कमला विकले सरकारले राष्ट्रिय स्वयंसेवा नीति जारी गर्न विलम्व गर्नु नहुने बताइन् । उनले स्वयंसेवकको रुपमा योगदान गर्नेहरुको कदर र प्रोत्साहन गर्न नीतिले मार्गदर्शन गर्ने बताइन् ।

संयुक्त राष्ट्रसंघीय स्वयंसेवकका नेपाल प्रतिनिधि सुरन महर्जन र युथ एडभोकेसी नेपालका अध्यक्ष गणेश धामीले पनि अविलम्ब राष्ट्रिय स्वयंसेवा नीति जारी गर्न माग गरेका थिए ।

सन् १९८५ देखि ५ डिसेम्बरलाई विश्वव्यापीरुपमा स्वयंसेवक दिवसको रुपमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?