+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

निर्माण सामग्रीको मूल्य बढेपछि विभागले देखायो चासो

उत्पादक र व्यवसायीलाई छलफलका लागि बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १९:२८

२१ मंसिर, काठमाडौं । सिमेन्ट, छडसहित निर्माण सामग्रीको भाउ बढ्न थालेसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादक र निर्माण व्यवसायीलाई छलफलमा बोलाएको छ ।

निर्माणको सिजन सुरु भएसँगै सिमेन्ट, छड लगायत निर्माण सामग्रीको भाउ बढाइएको निर्माण व्यवसायीले गुनासो गरेका छन् । सोही गुनासोका आधारमा विभागले कारबाही तयारी गरे पनि उत्पादकले भने २०७५ सालपछि सिमेन्टको भाउ निरन्तर घटिरहेको र अहिले पनि विगतभन्दा उच्चतम बिन्दुमा नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

यस अवस्थामा दुवै पक्षको कुरा सुनेर आगामी निर्णय लिने भन्दै विभागले सिमेन्ट सहित निर्माण सामग्री उपादक र नेपाल निर्माण व्यवसायी महासंघलाई आगामी आइतबार छलफलमा बोलाएको छ ।

‘हामी दुवै पक्षका कुरा सुन्छौं,’ विभागका महानिर्देशक राजन पौडेलले भने, ‘उपभोक्ता मारमा पर्नु भएन, उत्पादकका पनि जायज तर्क छन् भने सुनौं भन्ने हाम्रो आशय हो ।’

उता, निर्माण व्यवसायीले भने निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धन सहित कच्चापदार्थमा मूल्यवृद्धि नभएको अवस्थामा पनि ‘कार्टेलिङ’ गरी पछिल्लो एक महिनामा बोरामा १ सय रुपैयाँसम्म सिमेन्टको भाउ बढाइएको गुनासो गरेका छन् ।

महासंघ महासचिव रोशन दाहालका अनुसार निर्माणको काम हुने सिजनमै सीमित सिमेन्ट उद्योगीले मूल्यवृद्धिसँगै उत्पादन समेत कटौती गरेका छन् ।

खुला बजार अर्थतन्त्रको नीति विपरीत निर्माण सामग्रीको भाउ बढाइएको उनको आरोप छ । महासंघले मूल्यवृद्धि खारेज नगरे देशभरि निर्माणका काम नै ठप्प पार्ने चेतावनी यसअघि नै दिइसकेको छ । यसअघि सरदर ५ सय रुपैयाँ प्रतिबोरा रहेको सिमेन्टको भाउ अहिले ६ सय हाराहारी पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?