+
+

शशांकले भने-हामी ठीक बाटोमा हिंडिरहेका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २२ गते १४:५७

२२ मंसिर, विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शशांक कोइरालाले पार्टीका नेता गलत बाटोमा हिंडेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेताहरु सही बाटोमा नहिडेको बताएका हुन् ।

‘हामी कता कुन बाटोमा गइरहेका छौं, एकचोटि आफैलाई निरीक्षण गरेर भनौं, हामी ठीक बाटोमा हिंडिरहेका छौं कि छैनौं’, उनले भने, ‘मलाई त लाग्छ ठिक बाटोमा हिंडिरहेका छैनौं, यति व्यक्तिगत स्वार्थबाट बाटो अघि बढेको छ, हाम्रो लक्ष्य नै धमिलो भइरहेको छ ।’

राजनीति गर्ने हो भने स्पष्ट लक्ष्यसहित अघि बढ्नुपर्ने बताउँदै उनले भने, ‘हामीले परको सोचौं ।’ उनले राष्ट्रका लागि सोचेर अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?