२४ मंसिर, काठमाडौं । प्यालिस्टिनीमाथि इजरायलले गरिरहेको जनसंहार विरुद्ध संयुक्त अभियान नेपालले हस्ताक्षर अभियान सुरु गरेको छ ।
सोमबार राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकाबाट अभियानले हस्ताक्षर अभियान सुरु गरेको हो ।
हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सहभागी भएका छन् । नेताहरू उपेन्द्र यादव लगायतको समर्थन रहेको बताइएको छ ।
नागरिक अगुवा तथा लेखक श्याम श्रेष्ठले संयोजन गरेको हस्ताक्षर अभियान एक महिनासम्म सञ्चालन हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4