+
+

दार्जीलिङमा ‘बमबहादुर’ प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १७:४६

काठमाडौं । नेपाल र भारतमा एकसाथ प्रदर्शन तयारीमा रहेको फिल्म ‘बमबहादुर’लाई दार्जीलिङमा प्रिमियर गरिएको छ । गोर्खाल्याण्ड स्थापनाका लागि केही विद्रोही पात्रले गरेको संघर्षको कथामा फिल्म आधारित छ ।

ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा प्रिमियर समारोह आयोजना गरेको थियो । सो अवसरमा कलाकार, प्राविधिकसहित फिल्मका टिमलाई सम्मान प्रदान गरिएको थियो ।

प्रिमियर समारोहमा अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बालकलाकार वशिष्ठ कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायत थिए । शीर्ष अभिनेताको रुपमा देखिएका सौगात मल्ल भने नेपालमै छायांकनमा व्यस्त छन् ।

यो फिल्मले भारतको दार्जीलिङ पहाड र छिमेकी क्षेत्र डुवर्समा बसोबास गर्ने नेपालीभाषी समुदायको संघर्षको कथा भन्छ । सन् १९८६ मा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा स्थानीय बासिन्दाको जीवन संघर्षलाई फिल्ममा चित्रण गरिएको छ ।

प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको जनाइएको छ । फिल्म हेरेकाले विशेषगरी कथावस्तु र प्रस्तुतिको प्रशंसा गरेका छन् ।

छायांकन सबै दार्जीलिङ क्षेत्रमा गरिएको हो । यो फिल्म पुस ५ गते प्रदर्शन तयारीमा छ । यो फिल्मलाई सञ्जीव कार्कीले निर्माण र जोन राईले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?