+
+

३ घण्टा सडक बन्द गरेर फराकिलो पारिंदै नौबिसे-मुग्लिन सडक (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ पुष ८ गते १५:०८

८ पुस, काठमाडौं । दैनिक तीन घण्टा सडक बन्द गरेर पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड फराकिलो पार्ने काम धमाधम भइरहेको छ ।

जिल्ला ट्राफिक कार्यालय धादिङका अनुसार ७ पुसदेखि पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्ने काम भइरहेको हो । दिउँसोको पिक आवरमा दैनिक ३ घण्टा सडक बन्द गरेर सडक फराकिलो पार्ने काम हुँदा सास्ती बेहोर्नु परेको गुनासो यात्रुहरूले गरेका छन् ।

सडक फराकिलो पार्न १३ पुससम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । नौबिसेबाट गजुरी छिर्ने भारी सवारी साधन गल्छी-बैरेनी र हलुका सवारी साधन जरेखेतमा रोक्ने गरिएको छ भने मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारी साधन चालिसे र हलुका सवारी साधन घाटबेसीमा रोक्ने गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारी साधन मझिमटार र हलुका सवारी साधन चरौंदी बजारमा रोक्ने गरिएको छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधन बेनिघाट बजार र हलुका सवारी साधन विशालटारमा रोक्ने गरिएको छ ।

तोकिएका स्थानमा रोकिने सवारी साधनलाई दिउँसो २ बजेपछि मात्रै छोड्ने गरिएको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?