+
+

किन ग्रिनल्याण्ड कब्जा गर्न चाहन्छन् ट्रम्प ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १७:२४

२५ पुस, काठमाडौं । अमेरिकाको राष्ट्रपति पदमा दोश्रोपटक निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले लगातार आफ्ना छिमेकी देशहरुका विषयमा विभिन्न अभिव्यक्ति दिइरहेका छन् । उनले छिमेकी देशहरुलाई अमेरिकामै गाभ्ने कुराको वकालत समेत गरिरहेका छन् ।

एकातर्फ उनले क्यानडालाई अमेरिकामा मिलाउने अभिव्यक्ति दिएका छन् भने अर्कोतर्फ ग्रिनल्याण्ड तथा पनामा नहरमाथि पनि अमेरिकाले कब्जा गर्ने कुरा गरेका छन् ।

नोभेम्बरमा भएको चुनाव जितेसँगै ट्रम्पले लगातार गरिरहेको बयानबाजीका विषयमा क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले हालै प्रतिक्रिया दिएका छन् जबकि ग्रिनल्याण्ड तथा पनामाले ट्रम्पको अभिव्यक्तिको पहिले नै खण्डन गरिसकेका छन् ।

ग्रिनल्याण्डका प्रधानमन्त्ती म्यूट इगाले गत महिना प्रष्ट शव्दका भनेका थिए कि ग्रिनल्याण्ड आफ्ना जनताहरुको हो र त्यो बिक्रीमा छैन ।

स्मरणीय के छ भने ग्रिनल्याण्ड एक स्वतन्त्र राष्ट्र होइन र यो डेनमार्कको एक स्वायत्त क्षेत्र हो ।

ग्रिनल्याण्डको विषयमा ट्रम्प के भन्छन् ?

अमेरिकाका नव निर्वाचित राष्ट्रपति ट्रम्पका अनुसार ग्रिनल्याण्ड तथा पनामा नहरमा अमेरिकाको नियन्त्रण हुनु आवश्यक छ किनभने यी दुबै अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि निकै आवश्यक छन् ।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन् : राष्ट्रिय सुरक्षा तथा विश्वमा कहीँपनि जाने स्वतन्त्रताका लागि ग्रिनल्याण्डमाथि नियन्त्रण हुनु नितान्त आवश्यक रहेको अमेरिकाले महसुस गरेको छ ।

ट्रम्पको उक्त अभिव्यक्तिपछि ग्रिनल्याण्डका प्रधानमन्त्रीले तुरुन्तै प्रतिक्रिया जनाए । उनले भने, ‘हामी बिकाउ छैनौँ र हामी कहिल्यैपनि बिकाउ हुनेछैनौँ । हामीले स्वतन्त्रताका लागि हाम्रो लामो संघर्षलाई भुल्नु हुँदैन । यद्यपि हामीलाई पूरै विश्व तथा खासगरी आफ्ना छिमेकीहरुसँग सहयोग र व्यापारका लागि खुल्ला रहनु आवश्यक छ ।

ग्रिनल्याण्ड फिर्तिको चर्चा सुरु

मंगलबार एक पत्रकार सम्मेलनका क्रममा डोनाल्ड ट्रम्पलाई के उनले स्वायत्त डेनिस क्षेत्र वा पनामा नहरका लागि सैन्य वा आर्थिक बलको प्रयोग गर्नेछन् ? भन्ने पश्न गरिएको थियो । त्यसको जवाफमा उनले भने, ‘होइन । मैले तपाईलाई यी दुबै विषयमा भरोसा दिलाउन सक्दिन ।’

यद्यपि, उनले आर्थिक सुरक्षाका लागि यी दुबै क्षेत्र अमेरिकाको नियन्त्रणमा राख्न चाहेको कुरा दोहोराए ।

ट्रम्पले ग्रिनल्याण्डको विषयमा पछिल्लो अभिव्यक्ति तब दिए, जब उनका छोरा डोनाल्ड ट्रम्प जुनियर ग्रिनल्याडको भ्रमणमा छन् ।

उनी हाल ग्रिनल्याण्डको राजधानी नुक पुगेका छन् । आफू मानिसहरुसँग कुराकानी गर्नका लागि व्यक्तिगत भ्रमणमा आएको र सरकारी अधिकारीहरुसँग भेट गर्ने कुनै योजना नभएको ट्रम्प जुनियरले बताएका छन् ।

51 Interesting Greenland Facts to Inspire Your Visit

ग्रिनल्याण्ड कब्जा गर्न चाहेको ट्रम्पको अभिव्यक्तिको डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले समेत खण्डन गर्दै ग्रिनल्याण्ड कब्जा गर्न अमेरिकाले सैन्य तथा आर्थिक शक्तिको प्रयोग गर्छ भन्ने आफूलाई नलागेको बताएका छन् ।

साथै उनले उत्तरी ध्रुवीय क्षेत्रमा ठूलो रुची देखाउने अमेरिकी कमदको स्वागत गर्दै त्यस्तो अमेरिकी रुचीले ग्रिनल्याण्डका जनताको अपमान हुन नहुने पनि बताएका छन् ।

प्रधानमन्त्री फ्रेडिरक्सनसँग ट्रम्प जुनियरको ग्रिनल्याण्ड भ्रमणका विषयमा पनि प्रश्न सोधिएको थियो । त्यस विषयमा उनले ग्रिनल्याण्ड त्यहाँका निवासीहरुको भएको र स्थानीय जनताले मात्रै आफ्नो भविष्यको छिनोफानो गर्नसक्ने बताए।

उनले ग्रिनल्याण्ड बिक्रीमा नभएको कुरामा सहमति जनाए । यद्यपि उनले यो कुरामा पनि जोड दिए कि अमेरिका र डेनमार्क दुबै नेटो सदस्य मुलुक भएको हुँदा दुई मुलुकबीच निकट सम्बन्ध रहनु आवश्यक छ ।

अमेरिकाले किन चाहन्छ ग्रिनल्याण्ड ?

उत्तर अमेरिकाबाट युरोप जाने सबैभन्दा छोटो रुटमा पर्ने ग्रिनल्याण्ड विश्वको सबैभन्दा ठूलो टापुहो । यो अमेरिकाको ठूलो अन्तरीक्ष सुविधाको केन्द्र पनि हो ।

अमेरिकाले निकै लामो समयदेखि ग्रिनल्याण्डलाई रणनीतिक रुपबाट महत्वपूर्ण मान्दछ । उसले शीतयुद्धका क्रममा थ्यूलीमा एउटा राडार बेस स्थापना गरेको थियो ।

विश्वका विभिन्न दुर्लभ खनिज पदार्थहरुको विशाल भण्डार पनि डेनमार्कमा रहेको छ, जुन खनिज पदार्थहरु ब्याट्री तथा हाइटेक डिभाइसहरुमा प्रयोग गरिन्छन् ।

ट्रम्पको विश्वास छ कि सबै ठाउँमा विद्यमान रुसी तथा चिनियाँ जहाजहरुको निगरानी गर्न सेनाका प्रयासहरुका लागि ग्रिनल्याण्ड टापु निकै महत्वपूर्ण छ ।

उनले मंगलबार पत्रकारहरुसँग भनेका छन् : म स्वतन्त्र विश्वको रक्ष गर्ने कुरा गरिरहेको छु।

२१ लाख वर्ग किलोमिटरको क्षेत्रफल रहेको ग्रीनल्याण्ड टापुको जनसंख्या केवल ५७ हजार मात्रै छ । विभिन्न खालका स्वायत्ततायुक्त ग्रिनल्याण्डको अर्थव्यवस्था डेनमार्कको सहुलियतमा निर्भर छ र यो डेनमार्क अधिराज्यको हिस्सा हो ।

यो टापुको ८० प्रतिशत हिस्सा स्थायी रुपले करीब ४ किलोमिटर बरफ जमेको हुन्छ ।

पहिलो राष्ट्रपति कार्यकालको बेला ट्रम्पले ग्रिनल्याण्ड टापु खरिद गर्ने इच्छा जनाएका थिए । त्यसबेला पनि त्यसैगरी ट्रम्पको अभिव्यक्तिको खण्डन गरिएको थियो, जसरी अहिले गरिएको छ ।

यद्यपि ग्रिनल्याण्ड खरीद गर्ने अभिव्यक्ति दिन ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति होइनन् । सन् १८६० को दशकमा अमेरिकाका १७ औँ राष्ट्रपति एन्ड्रयू जोनसनले पहिलोपटक यस्तो विचार राखेका थिए ।

पनामा किन चर्चामा छ ?

पनामा नहरको प्रयोगका लागि पनामाले अमेरिकासँग धेरै रकम असूल गरिरहेको आरोप ट्रम्पको छ । पनामा नहर अमेरिकाका लागि निकै आवश्यक भएकोले यसमाथि स्वामित्व कायम गर्नु अत्यावश्यक रहेको ठम्याई ट्रम्पको छ ।

साथै पनामा नहरमाथि चिनियाँ सैनिकको नियन्त्रण रहेको र उसले अवैध रुपले नहर सञ्चालन गरेको आरोप पनि उनले लगाएका छन् ।

यद्यपि पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले ट्रम्पको त्यस्तो दाबीलाई बेतूकको संज्ञा दिँदै पनामा नहरमा चीनको कुनैपनि दखल नरहेको बताएका छन् ।

आन्ध्र तथा प्रशान्त महासागरलाई जोड्ने यस नहरको प्रवेशद्धारमा दुईवटा बन्दरगाहको व्यवस्थापन हंगकंगस्थित सिको हचिसन होल्डिंग्सले सम्हाल्दै आएको छ ।

सन् १९०० को दशकको सुरुवातमा निर्माण भएको यो नहरको नियन्त्रण सन् १९७७ सम्म अमेरिका सँगै थियो। यद्यपि राष्ट्रपति जिम्मी कार्टरको मध्यस्थतामा त्यहाँको भूमि पनामालाई नै सुम्पियो । तत् पश्चात् सन् १९९९ देखि नहरको नियन्त्रण पूर्ण रुपमा पनामाको हातमा गयो ।

ट्रम्पले भनेका छन्, ‘पनामा नहर पनामालाई सुम्पिनु एउटा ठूलो गल्ती थियो । हेर्नुस् कार्टर निकै राम्रो व्यक्ति थिए, तर त्यो उनको ठूलो गल्ती थियो ।’

यसका साथै ट्रम्पले क्यानडालाई समेत अमेरिकामा मिलाउने कुरा गरिसकेका छन् । क्यानडाले अमेरिकासँगको सीमाक्षेत्रमा सुरक्षा व्यवस्था मजबुत नपारेमा क्यानडामाथि महसूल लगाउने चेतावनी उनले दिएका छन् ।

मार आ लागोमा पत्रकार सम्मेलनका क्रममा ट्रम्पले पुनः एकपटक आफ्नो चासोलाई दोहोराउँदै भनेका थिए कि मेक्सिको तथा क्यानडाको बाटो हुँदै अमेरिकामा लागू औषध आइरहेको छ । उनले क्यानडाको जस्तै मेक्सिकोमाथि पनि २५ प्रतिशत महसुल लगाउने चेतावनी दिएका छन् ।

अमेरिकी तथ्यांक अनुसार मेक्सिकोसँगको सिमानाको तुलनामा अमेरिका र क्यानडाबीचको सिमा क्षेत्रमा लागुऔषध बरामद हुने मात्रा निकै कम छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?