+
+

१७ वर्षीया किशोरीमाथि बलात्कारको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १७:११

२५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्थित एक गेस्ट हाउसमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–८ का २० वर्षीय सुबोध खड्का छन् । उनलाई सिन्धुलीको दुधौलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनले करिब डेढ वर्ष अघि ७ वैशाख २०८० मा गेस्टहाउसमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

उनीमाथि बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?