२५ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सानातिना पार्टीमा अल्मलिएर देश नबन्ने बताएका छन् ।
बिहीबार एमाले मुख्यालय च्यासलमा आयोजित स्ववियु निर्वाचन सम्बन्धी कार्यशालामा बोल्दै उनले बलिया राजनीतिक दलहरुले मात्रै देश बनाउनसक्ने बताएका हुन् ।
‘देश बनाउने हो भने सानातिना पार्टीमा अल्मलिने होइन, बलिया पार्टीतर्फ जनमतलाई ध्रुवीकृत गर्न जरुरी छ,’ उनले भने ।
महासचिव पोखरेलले एमालेले मात्र मुलुकको विकास गर्न सक्ने जिकिर गरे । ‘यो मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो’ उनले भने, ‘दूरदर्शी नेतृत्व, बलियो राजनीतिक पार्टी र राजनीतिक स्थिरता देश विकासको प्रमुख तीन शर्त हो ।’
दृष्टिकोणयुक्त नेतृत्वको प्रश्नमा एमालेसँग कसैले प्रतिष्पर्धा गर्न उनले दाबी गरे । ‘यो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व दिन सकेन भने अरु कुन पार्टीले दिनसक्छ ? मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको छ’ उनले भने, ‘त्यो राजनीतिक स्थायित्व कसैले दिनसक्छ भने त्यो एमालेले मात्रै दिनसक्छ ।’
प्रतिक्रिया 4