+
+

उत्तरी गोरखामा आगलागी, तीन घर जले

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते ६:३९

११ माघ, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ ताजुस्थित कुन्साङ लामाको घरमा आगलागी भएको छ । बिहीवार दिउँसो करिव साढे चार बजेको समयमा भएको आगलागीका कारण लामाको जस्ताले छाएको दुई वटा कच्ची घर र भूकम्प पश्चात निर्माण भएको एउटा घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

खाना पकाउन चुल्होमा बालेको आगो बलोमा सल्किएर आगलागी भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए । ‘घरभित्रको लत्ता कपडा, अन्नपात र भाडाकुडा पनि सबै जलेका छन्,’ उनले भने, ‘घरको भुइँ तलामा रहेका ११ वटा पशुचौपाया पनि मरेका छन् ।’

आठ वटा गाई र तीन वटा गोरु जलेर मरेको उनले जानकारी दिए ।

घटनाको जानकारी पाएलगतै चुम्चेत प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएका थिए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।

समयमै हिमपात नभएको र हावाहुरीका कारण आगलागी भएको स्थानीय गोपाल गुरुङले बताए । हावाहुरीका कारण सोही स्थानमा रहेको मङ्गङ गुम्बाको जस्ता समेत उडाएको उनले जानकारी दिए । सोही स्थानमा रहेको माने दुङ्गुर समेत उडाएको उनले बताए । ‘हावाहुरीका कारण उडेको धुलोले स्थानीयहरु बिरामी परेका छन्,’ उनले भने, ‘धेरैजसोलाई रुघाखोकी लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?