+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माओवादीद्वारा राष्ट्रिय गौरवका आयोजनाबारे सांसद् र विज्ञसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते ११:१५

१३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा विज्ञहरुसहित छलफल आयोजना गरेको छ ।

काठमाडौंमा जारी छलफलमा पार्टीका नेता, सांसद, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, पत्रकार लगायत सहभागी छन् ।

कार्यक्रममा पत्रकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निष्कर्ष र छलफल शीर्षकमा प्रस्तुति दिनेछन् । यस्तै इन्ष्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्स (आईजीपीए)को तर्फबाट ‘राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन स्थिति : प्रमुख निस्कर्ष र सुझाव’हरु प्रस्तुत हुनेछ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजनाहरुः समस्या र सम्भावित समाधानहरुको पहिचान विषयमा प्रस्तुतीकरण दिनेछन् ।

यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वाधार शासन र राजनीतिक दल : चुनौतीहरु र आगामी बाटो विषयमा विशेष सम्बोधन गर्ने विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिए ।

राष्ट्रिय गौरवका आयोजना र विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे संसद् र संसद बाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पुनले बताए ।

कार्यक्रमले प्रमुख प्रतिपक्षका हैसियतमा संघीय संसदका दुवै सदनमा आयोजनाहरुको अवस्था र सरकारका गलत कामकारबाहीबारे बोल्न सांसदहरुलाई सहयोग पुग्ने विश्वास लिइएको उनले उल्लेख गरे ।

कार्यक्रममा निर्धाणाधीन राष्ट्रिय गौरवका आयोजनाहरु, हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग, उत्तर–दक्षिण कोशी करिडोर, उत्तर–दक्षिण कालीगण्डकी करिडोर, उत्तर–दक्षिण कर्णाली करिडोेर, काठमाडौं–तराई द्रूत मार्ग, लुम्बिनी क्षेत्र विकास आयोजना, मेलम्ची खानेपानी आयोजना, बुढीगण्डकी जलासययुक्त परियोजना लगायतको प्रगति र समस्याको पहिचानका विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?