 
																			काठमाडौं । स्पेस एक्स कम्पनीका सीईओ एलन मस्कले स्टारलिंकको डाइरेक्ट टु सेल स्याटेलाइट सेवाको घोषणा गरेका छन् । मस्कले सोसल मिडिया प्लाटफर्म एक्समा उक्त सेवाको परीक्षणको घोषणा गरेका हुन्।
डाइरेक्ट टू सेल स्याटेलाइटको बिटा सर्भिस सोमबार जनवरी २७ देखि सुरु हुनेछ । मस्कले एक्समा लेखेका छन्ः स्टारलिंक डाइरेक्ट, स्याटेलाइटबाट मोबाइल फोनमा इन्टरनेट कनेक्टिभिटीको बिटा टेस्टिङ्ग ३ दिनमा सुरु हुनेछ ।
स्पेस एक्सको यो कदम विश्वको मोबाइल फोन कनेक्टिभिटीको क्षेत्रमा निकै महत्वपूर्ण कोशेढंगा सावित हुनेछ । योसँगै फोन प्रयोगकर्ताले मोबाइल फोनको नेटवर्कका लागि सेवा प्रदायकका कम्पनीका टावरबाट आउने तरंगमा निर्भर हुनुपर्ने छैन र निरन्तर तथा गुणस्तरीय टेलिफोन नेटवर्क प्राप्त हुनेछ ।
डाइरेक्ट टू सेल स्याटेलाइट सर्भिसको मद्दतले मोबाइल फोनहरु सिधै स्याटेलाइटसँग जोडिनेछन् ? योसँगै पारम्परिक सेल्युलर पूर्वाधारप्रतिको मोबाइल फोनको निर्भरता कम हुनेछ । यसका माध्यमबाट सञ्चारको क्षेत्रमा नयाँ क्रान्ति आउनेछ।
एलन मस्कको यो सेवा सुरु भएसँगै मोबाइल फोन प्रयोगकर्ताले जुनसुकै ठाउँबाट पनि मोबाइल फोनबाट फोन कल, टेक्स्ट तथा इन्टरनेट लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
वास्तवमा पारम्परिक टेलिकम्युनिकेसनमा एउटा ठूलो चुनौती भनेको टेलिफोन टावरको उपस्थिति नै हो । टेलिफोन टावरजस्ता ठूला संरचना हर कोही ठाउँमा निर्माण गर्न तथा त्यसको सञ्चालन तथा सम्भार सम्भव हुँदैन, जसका कारण दुर्गम क्षेत्रमा प्रयोगकर्ताले मोबाइल फोन चलाउनै पाउँदैनन् ।
यस्तोमा स्याटेलाइटमा आधारित डाइरेक्ट टू सेल सर्भिसको मद्दतले प्रयोगकर्ताले दुर्गम क्षेत्रमा पनि उत्कृष्ट कनेक्टिभिटी प्राप्त गर्नेछन् । सामान्य भाषामा यसलाई अन्तरीक्षमा रहेको टेलिफोनको टावर पनि भन्न सकिन्छ।
स्पेस एक्सको यो सेवा उपयोगका लागि कुनै नयाँ हार्डवेयर वा छुट्टै फोनको आवश्यकता पनि पर्नेछैन । अहिले प्रयोगमा रहेका फोनहरुमै यसलाई प्रयोग गर्न सकिने बताइएको छ ।
स्मरण रहोस् स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा पहिलेदेखि नै उपलब्ध छ । रुस युक्रेन युद्धका बेला भूसतहीय पूर्वाधार क्षतिग्रस्त हुँदा स्टारलिंकको मद्दतले युक्रेनमा इन्टरनेट सेवा प्राप्त भएको यिो । त्यसैले डाइरेक्ट टू सेल प्रविधि समेत आम प्रयोगकर्ताका लागि निकै उपयोगी हुने अपेक्षा गरिएको छ। एजेन्सीको सहयोगमा
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4