+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

संसदीय समितिले सरकारलाई भन्यो– बाँदर बन्ध्याकरणको बजेट छुट्याउनू

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १०:४३

२५ माघ, काठमाडौं । संसदीय समितिले बाँदरको बन्ध्याकरणका लागि बजेट छुट्याउन सरकारलाई भनेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले लागि आगामी आर्थिक वर्षदेखि बजेट छुट्याएर बाँदर बन्ध्याकरणका कार्यक्रम सञ्चालन गर्न भनेको हो ।

निर्देशन दिनु अगाडि समितिले वन तथा वातावरण राज्यमन्त्री, वन मन्त्रालयका सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकसँग छलफल गरेको थियो ।

नेपाल भेटनरी संघका महासचिव, भारतको हिमाञ्जल प्रदेशबाट तालिम लिई आएका पशु चिकित्सक, शोधकर्ता, सरोकारवाला किसान लगायत छलफल गरेपछि समितिले सरकारलाई बाँदरको बन्ध्याकरणका लागि बजेट छुट्याउन र आगामी वर्षदेखि बाँदरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न निर्देश गरेको हो ।

‘देशका विभिन्न क्षेत्रमा बाँदरको कहरले कृषि बाली नष्ट गरी किसानहरु विस्थापित नै हुनुपरेकाले विद्यमान अवस्थामा बाँदरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरी यसको न्यूनीकरण गर्न आवश्यक पर्ने यन्त्र तथा उपकरण, जनशक्ति, आर्थिक तथा भौतिक स्रोत साधनसहितको नीतिगत तथा व्यवस्थापकीय कार्य गरी केही स्थानमा नमूनाको रुपमा आगामी आर्थिक वर्षबाट कार्य सञ्चालन गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास र अर्थ मन्चालकलाई निर्देशन दिने’ समितिको निर्णयमा लेखिएको छ ।

बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न विद्यमान नीतिगत तथा कानूनमा रहेका समस्या र समाधानका लागि गर्नुपर्ने आवश्यक कार्यका सम्बन्धमा अध्ययन गरी १५ दिनभित्र समितिमा पेश गर्न पनि संसदीय समितिले वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?