+
+

१० वर्षअघि बनेको चिनियाँ योजना, जसबाट प्रविधि क्षेत्रमा भैरहेको छ चमत्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १३:४३

चिनियाँ एआई च्याटबट डीपसीकले एकाएक विश्वमा तहल्का मच्चाइरहेको छ र यसको सफलताले दुनियाँ नै चकित छ । तर, चीनका विषयमा अध्ययन तथा रुची राख्नेहरुलाई भने यो स्वभाविक लाग्दछ ।

चीनले विगत १० वर्षदेखि विस्तारै एआई लगायतका उच्च प्रविधिजन्य प्रडक्टहरुमा महारथ हासिल गरिरहेको छ । यो चीनको अति महत्वाकांक्षी मेड इन चाना २०२५ योजनाको हिस्सा हो ।

विश्लेषकहरुका लागि डीपसीक पनि सोही मेगा परियोजनाको सफलताको एक उदाहरण हो ।

सन् २०१५ मा चीन सरकारले मेड इन चाइना २०२५ योजनाको घोषणा गरेको थियो । त्यसका पछाडिको अवधारणा चाहिं दिनदिनै प्रयोग हुने लाखौं चिजवस्तुमा उच्च गुणस्तरीय तथा उच्च प्राविधिक प्रभुत्व स्थापित गर्न सकियोस् ।

१० क्षेत्रमा ध्यान केन्द्रित

चीनले सन् २०२५ सम्म यस क्षेत्रमा सबैभन्दा अगाडि पुग्ने मनसायसँगै प्रविधि उद्योगका १० वटा क्षेत्रलाई छनोट गर्‍यो । जसअन्तर्गत एआई, क्वान्टम कम्प्युटिङ, विद्युतीय कार, नविकरणीय ऊर्जा तथा ब्याट्री प्रविधिलाई दस्तावेजमा स्थान दिइयो ।

केही क्षेत्रमा चीनले सफलता हासिल गरेको छ र ऊ ठूलो खेलाडी बनिसकेको छ । केही मामिलामा उसलाई ठूलै सफलता मिलेको छ ।

किंग्स कलेज लण्डनमा विकास अर्थशास्त्र विज्ञ डाक्टर युनदन गोंगको दृष्टिमा मेड इन चाइना २०२५ प्रोजेक्ट सफल रहेको छ । उनी भन्छन्, ‘कैयन् क्षेत्रहरुमा चीन अगाडि बढिरहेको छ र केही क्षेत्रमा चीनले अग्रता कायम राखेको छ ।’

जर्मनी, जापान तथा अमेरिकालाई पछि पार्दै चीन कार बिक्रीको मामिलामा सबैभन्दा अगाडि छ । यसको श्रेय विद्युतीय कार बनाउने चिनियाँ कम्पनी बिवाइडीलाई जान्छ ।

विद्युतीय सवारी साधन अर्थात् इभीको सफलता चीनसँग जोडिएको छ र ऊ विश्वमा सबैभन्दा धेरै ब्याट्री बनाउने देश बनेको छ ।

नवीकरणीय उर्जाको क्षेत्रमा अग्रणी चीन

चीनमा बनेको इलेक्ट्रिक कार ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार नवीकरणीय ऊर्जाका लागि विश्वभर सोलार प्यानलको ८० देखि ९५ प्रतिशत निर्यात चीनले गर्दछ ।

शोधकर्ताहरुका अनुसार सन् २०२८ सम्ममा चीन नवीकरणीय  ऊर्जाको पावरहाउस बन्नेछ र विश्वभरमा नवीकरणीय ऊर्जाको मामिलामा चीनको योगदान करिब ६० प्रतिशत पुग्नेछ ।

ड्रोनको मामिलामा पनि चीन सबैभन्दा अगाडि छ । बीबीसीको शोध अनुसार शेनजेनमा रहेको डीजीआई कम्पनीले विश्व ड्रोन बजारमा ७० प्रतिशत हिस्सा ओगटेको छ । विश्वका १० ठूला ड्रोन निर्माता कम्पनीमध्ये तीनवटा चिनियाँ कम्पनी नै छन् ।

आफ्नो लक्ष्य प्राप्त गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीले एउटा मार्गचित्रको माध्यमबाट २५० वटा लक्ष्य तय गरेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार त्यसमध्ये करिब ८६प्रतिशत लक्ष्य चीनले पूरा गरिसकेको छ ।

जो बाइडेनका पूर्व सल्लाहाकार लिंड्से गोरम्यान भन्छिन्- चीनको राज्य समर्थित पुँजीवादी ढाँचा सफल छ, जसमा सरकारले अनुसन्धान तथा लगानीको एजेन्डा तय गर्दछ । साथै उनले कसरी चीनले विदेशी प्रतिभाहरु तथा विदेशी कम्पनीहरुलाई चिनियाँ कम्पनीहरुसँग मिलेर काम गर्नका लागि मनाउँछ भन्नेतर्फ पनि संकेत गर्छिन् । यसका लागि चीनले ठूलो रकम समेत खर्च गर्दछ । अमेरिकी कंग्रेसको एक अध्ययन अनुसार चीन सरकारले अनुसन्धान तथा विकासका साथै विदेशी कम्पनीहरु खरिद गर्नका लागि १.५ लाख करोड डलरको अनुदान राखेको छ ।

डीपसीक : एक ज्वलन्त उदाहरण

डीपसीक कैसे बना
चीनले पछिल्लो समय प्रविधि क्षेत्रमा फड्को मारेको छ । ज्वलन्त उदाहरण डीपसीक हो ।

मेड इन चाइना २०२५ यतिधेरै सफल भयो कि केही वर्षमा सरकारले यो बोल्न बन्द गर्‍यो कि उसले विरोधीहरुलाई पछारिरहेको छ । तर यो केही ढिलो गरेर आएको हो । किनकि केही पश्चिमा देशहरुले चीनबाट प्रविधिको निर्यातमा रोक लगाएका छन् ।

उद्देश्य यो थियो कि कसरी विकासको गतिलाई सुस्त राख्न सकियोस् र माइक्रोचिपको मामिलामा यो कामयाबी भएको पनि देखिएको छ । तर, कतिपय विश्लेषकहरुका अनुसार केही प्रतिबन्धहरुले सायद चीनलाई उत्प्रेरित गरेको छ र मेड इन चाइना २०२५ तथा आत्मनिर्भर बन्ने एउटा माध्यम बनेको छ ।

कार्डिफ विश्वविद्यालयको स्कुल अफ बिजनेसका प्राध्यापक पेंग जाउ भन्छन्- चीनमा एउटा पुरानो भनाइ छ, जीवनले सदैव आफ्नो बाटो खोज्दछ । प्रतिबन्ध केवल यसको जरा बदल्न सक्छ तर दिशा बदल्न सक्दैन ।

प्राध्यापक जाउले डीपसीक एआईलाई यसको एउटा ठूलो उदाहरण मान्दछन् । निर्यातमाथि अमेरिकाको नियन्त्रण हुनुका कारणबाट कम्पनीले आफ्नो एआई मोडेललाई तालिम दिनका लागि शक्तिशाली चिप पाउन सकेन । सोही कारणले कम्पनीले कम शक्तिशाली चिपको प्रयोग गर्‍यो र एउटा नयाँ प्रविधिको माध्यमबाट आफ्नो च्याटबटलाई कम खर्चमै तयार पार्‍यो ।

यी क्षेत्रमा अमेरिका अगाडि

यद्यपि उल्लेखित दाबीहरुलाई विरोधीहरुले चुनौती दिइरहेका छन् । तथापि डीपसीकले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि तिनछक बनाएको छ । उनले डीपसीकको सफलता अमेरिकी एआई कम्पनीहरुका लागि ब्युँझाउने खालको बोलावट (वेकअप कल) को रुपमा रहेको टिप्पणी गरेका छन् ।

कुनै पनि अन्य देशको तुलनामा चीनका एआई कम्पनीहरुसँग धेरै पेटेन्ट छन् । चीनको अलिबाबा तथा बाइटडान्स जस्ता कम्पनीहरुले आफ्ना प्रडक्टहरुको माध्यमबाट त्यत्ति नै पैसा कमाइरहेका छन् जति गुगल तथा ओपन एआईले आफ्ना प्रडक्टहरुको माध्यमबाट कमाउँछन् ।

यद्यपि मेड इन चाइना २०२५ का बाबजुत अमेरिका एआईको मामिलामा विश्वको नेता नै हो ।

चीनका वैज्ञानिकहरु क्वान्टम कम्प्युटिंगमा धेरै शोधपत्र प्रकाशित गरिरहेका छन् तथापि त्यसका बाबजुत क्वान्टम कम्प्युटिंगको क्षेत्रमा अमेरिका कैयन् मामिलामा अगाडि छ ।

चिनियाँ चुनौतीको सामना गर्नका लागि अमेरिकाले माइक्रोचिप निर्माणमा खर्बौं डलर जुटाउने कोसिस गरिरहेको छ ।

राष्ट्रिय सुरक्षाको चिन्ता चीनको मार्गमा चुनौतीको रुपमा रहेको छ । टिकटकले अमेरिकामा ठूलो सफलता प्राप्त गर्‍यो । तर, उसमाथि अहिले राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै प्रतिबन्धको खतरा मडारिइरहेको छ ।

डीपसीकसँगै चिनियाँ इ कमर्श कम्पनी टेमू तथा शीन समेत अगाडि बढ्नुपनि सन्देशको घेरामा छ ।

यद्यपि चीनको टेलिकम कम्पनी हुवावेले पश्चिमी देशहरुभन्दा बाहिर आफ्नो बाटो पहिल्याउनु परेको छ। सन् २०१९ मा जब राष्ट्रिय सुरक्षाको सबालमा चासोहरु सुरु भए तब त्यसको असर हुवाबेमाथि पर्‍यो । प्रतिबन्धहरुका कारणले उसको स्मार्टफोन निर्माणमा पनि असर पर्‍यो ।

चीनले विश्वका अन्य भागमा पनि आफ्नो माइक्रोचिप बनाउने काम गरिरहेको छ र पश्चिमा प्रतिबन्धहरु भन्दा अगाडि बढ्दै यस क्षेत्रबाट उल्लेख्य आम्दानी गरिरहेको छ ।

-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?