+
+

गुलाबको फूल : अनेक किस्सा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १४:२४
फाइल फोटो ।

प्रेमी वा प्रेमिकालाई तथा मन पराइएको व्यक्तिलाई प्रेम दर्साउन गुलाबको फूल दिने चलन छ । मायामा परेकाहरूले कसैलाई आफ्नो प्रेम व्यक्त गर्नु पर्‍यो भने गाढा रातो गुलाबको फूल दिएर मनको भावना पोख्ने गर्छन् ।

कसैलाई धन्यवाद दिन होस् वा बधाई दिन, गुलाबकै फूल बढी प्रयोग हुन्छ । फूलले शब्दहरू बिना भावना व्यक्त गर्छ । गुलाबको फूलमध्ये पनि रातो गुलाबलाई प्रेमको प्रतीकका रुपमा मानिन्छ । त्यसैले वर्षौँदेखि रातो गुलाब प्रेम र स्नेह व्यक्त गर्न प्रयोग गरिन्छ । प्रेम व्यक्त गर्न रातो गुलाब नै किन दिइन्छ ?

रातो गुलाब नै किन ?

ग्रीक पौराणिक कथामा गुलाबको बारेमा एउटा कथा छ–ग्रीक देवी एफ्रोडाइटलाई प्रेम, सौन्दर्य र कामुकताको प्रतीक मानिन्छ । भनिन्छ कि एफ्रोडाइटको सौन्दर्य यति गहिरो र जादुमयी थियो कि उनी जहाँ जान्थे, त्यहाँ गुलाब फल्ने गर्थे । त्यसैले रातो गुलाबलाई प्रेम र चाहनाको प्रतीक मानिने मनोविद् पदम जोशी बताउँछन् ।

उनी भन्छन् ‘रातो गुलाबको अर्थ यसको रङसँग पनि जोडिएको हुन्छ । रातो रङ सधैँ प्रेम र जोससँग जोडिएको हुन्छ। यही कारणले गर्दा गहिरो प्रेम व्यक्त गर्न यस रातो गुलाब दिइन्छ । यसको मतलब यो पनि हो कि तपाईँ सम्बन्धलाई अगाडि बढाउन वा विशेष प्रतिवद्धतामा लैजान चाहनुहुन्छ । यसले सम्बन्ध वा पार्टनरप्रतिको बलियो भावनाहरू पनि व्यक्त गर्दछ ।’ कसैले दिएको रातो गुलाब स्वीकार गर्नु उसको प्रेम प्रस्तावलाई स्वीकार गर्नु रहेको जोशी बताउँछन् ।

कुन रङको गुलाबको विशेषता के ?

गुलाबको फूलमा पनि विभिन्न रङ हुन्छन् । त्यसको पनि छुट्टै परिभाषा र मान्यता छ । अर्थात् कुन रङको गुलाबको फूल कसलाई दिने, कस्तो समयमा कुन रङको गुलाब दिने आदि पर्छ।

रातो गुलाब प्रेम, जोस र भावनासँग सम्बन्धित भएको मनोविद् जोशी बताउँछन् । ‘रातो गुलाबको विशेषता यो हो कि यसलाई दिएर मन पराएको मान्छेलाई धेरै प्रेम गर्छु भन्ने महसुस गराउन सकिन्छ’ जोशी भन्छन्।

गुलाबी गुलाबले खुसी, कृतज्ञता र सम्बन्धको सौन्दर्य प्रतिनिधित्व गर्ने जोशीले जानकारी दिए।उनका अनुसार उपहारका रूपमा कोही व्यक्तिलाई यो गुलाब दिइयो भने माया र सम्मान गर्छु भन्ने दर्साउँछ । गुला गुलाबी कसैलाई धन्यवाद दिन पनि दिइन्छ ।

पहेँलो गुलाबलाई मित्रताको प्रतीक मानिन्छ । यदि साथीलाई माया गर्छु भनी बताउन चाहने हो भने पहेँलो गुलाब दिन सकिन्छ । पहेँलो रङले खुसी र राम्रो स्वास्थ्यको सङ्केत गर्ने जोशीले बताए ।

‘सेतो गुलाब तब दिइन्छ, जब कसैसँग धेरै झगडा गरियो तर अब सबै कुरा भुलेर नयाँ तरिकाले आफ्नो सम्बन्ध सुरु गर्न चाहन्छु भन्ने लाग्छ’ जोशी भन्छन्, ‘यसबाहेक सेतो गुलाबलाई शान्तिको प्रतीक पनि मानिन्छ ।’

सुन्तला रङ जोस र उमङ्गको प्रतीक हो । यसले उत्साह, इच्छा देखाउँछ । दम्पतीहरूले आफ्नो प्रेममा जोस र उत्साहको प्रतीक सुन्तला रङको गुलाब दिन सकिने जोशीले बताए ।

भ्यालेन्टाइन्समा  कति गुलाब माग हुन्छ ?

नेपाली बजारमा यो वर्षको भ्यालेन्टाइन्सका लागि लगभग ४ लाख गुलाबको फूलको माग भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार नेपालमा हुने उत्पादनले यो मागलाई पूरा गर्न सक्दैन । लगभग २० देखि २५ प्रतिशत अर्ताथ एक लाख गुलाब नेपालमा खेती हुन्छ भने ३ लाख भारतबाट आयात गर्नुपर्ने हुन्छ।

नेपालमा गुलाबको फूल काठमाडौँ उपत्यकामा नै धेरै उत्पादन हुन्छ । उपत्यकामा इचंगुनारायण, थली, भक्तपुर र गोदावरीमा गुलाबको फूल बढी खेती हुने श्रेष्ठले जानकारी दिए।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?