News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारको नीति तथा कार्यक्रम यथार्थभन्दा बढी भावना मा बहकिएको बताए।
- कर्णले ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कम्तीमा ३५ प्रतिशत लगानी आवश्यक रहेको स्पष्ट जवाफ माग गरे।
- उनले प्रत्येक तीन महिनामा क्षेत्रगत उत्पादन, सरकारी खर्च र प्रगतिको जवाफदेहितासहितको प्रतिवेदन संसदमा पेस गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे।
३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले यर्थाथपरक नीति तथा कार्यक्रम आउन नसकेको बताएका छन् ।
उनले सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा धेरै सकारात्मक पक्ष समेटिए पनि केही विषय ‘यथार्थभन्दा बढी भाबना मा बहकिएर लेखिएको जस्तो देखिएको’ टिप्पणी गरे ।
संसद कर्णले ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारी लक्ष्यको आधारबारे सरकारसँग स्पष्ट जवाफ माग गर्दै भने, ‘विभिन्न तथ्याङ्क र राष्ट्र बैंककै डाटाले देखाउँछ कि ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न न्म्ए को कम्तीमा ३५ प्रतिशत लगानी आवश्यक पर्छ, जुन अहिलेको आर्थिक परिवेशमा निकै कठिन देखिन्छ ।’
उनले विगतका अनुभव स्मरण गराउँदै सरकार विकास बजेटको ठूलो हिस्सा खर्च गर्नमै असफल हुँदै आएको अवस्थामा आकाश छुने गफ मात्रै गरेर अर्थतन्त्र बलियो नहुने बताए। आर्थिक वृद्धिलाई केवल प्रतिशतको अङ्कमा सीमित नगरी कृषि, उद्योग र सेवा क्षेत्रको वास्तविक उत्पादनसँग जोड्नुपर्ने उनको भनाइ थियो।
कर्णले प्रत्येक तीन महिनामा क्षेत्रगत उत्पादन, सरकारी खर्च र प्रगतिको जवाफदेहितासहितको प्रतिवेदन संसदमा पेस गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरे।
प्रतिक्रिया 4