+
+
Shares

मधेशमा अल्पसंख्यक क्लस्टरबाट राष्ट्रिय सभामा कांग्रेसका कर्ण निर्वाचित

मधेश प्रदेशमा राष्ट्रिय सभामा अपांग तथा अल्पसंख्यक कलस्टरबाट रञ्जित कर्ण निर्वाचित भएका छन् । ८ हजार ९३ मतभारसहित उनी निर्वाचित भएका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशबाट राष्ट्रिय सभामा अपांग तथा अल्पसंख्यक कलस्टरबाट रञ्जित कर्ण ८ हजार ९३ मतभारसहित निर्वाचित भएका छन्।
  • रञ्जित कर्णलाई नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीको गठबन्धनले मत दिएको थियो।
  • रञ्जित कर्णले राष्ट्रिय सभामा संघीयतालाई बलियो बनाउन र १७ वटा होल्डमा रहेका विधेयक पारित गराउन भूमिका खेल्ने बताएका छन्।

११ माघ, जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभामा अपांग तथा अल्पसंख्यक क्लस्टरबाट रञ्जित कर्ण निर्वाचित भएका छन् । ८ हजार ९३ मतभारसहित उनी निर्वाचित भएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामानन्द प्रसादले १ हजार ३६१ मतभारमा सिमित भए भने जसपाका उम्मेदवार शैलेश कुमार चौधरीले २०९ मतभार पाएका छन् ।

नेपाली काँग्रेसबाट निर्वाचित भएका ५१ वर्षीय कर्णलाई नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको गठबन्धनले मत दिएको थियो ।  सप्तरी जिल्लाको राजविराज नगरपालिका स्थायी घर भएका उनी विद्यार्थी राजनीति हुँदै २०७० मा संसदीय राजनीतिमा पुगेका थिए ।

प्राविधिक आर्किटेक्चर विषयमा स्नातक र स्नातकोत्तर (मास्टर) तहसम्मको अध्ययन पूरा गरेका छन् । अध्ययनकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय कर्णको राजनीतिक यात्रा २०५१ सालमा नेविसंघको स्ववियु सदस्य बनेसँगै सुरु भएको थियो ।

२०५५ सालमा उनले पुलचौक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापति जितेर आफ्नो पहिचान बनाए । त्यसपछि नेविसंघको केन्द्रीय सदस्य हुँदै २०६७ सालमा नेविसंघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाले । विद्यार्थी राजनीतिबाट संगठन निर्माण र नेतृत्व विकासमा उनको योगदान छ ।

राष्ट्रिय राजनीतिमा कर्ण दोस्रो संविधानसभा निर्वाचत २०७० मा उनी समानुपातिक सांसद बन्न सफल भए । संविधान निर्माण, लोकतान्त्रिक अभ्यास र संघीय संरचनाबारे उनलाई अनुभव छ ।

राष्ट्रिय सभामा संघीयतालाई बलियो बनाउन नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् ।

‘अहिले पनि संघीय संरचना प्रभावकारी बनाउन आवश्यक छ । धेरै कानुन बन्न बाँकी रहेका कारण स्थानीय तह र प्रदेश सरकारलाई कमजोर बनाएको छ’ उनी भन्छन् ‘राष्ट्रिय सभामा हाल १७ वटा विधेयक होल्डमा रहेको छ । ती विधेयकलाई पारित गराउन मेरो भूमिका हुन्छ’ बैजनाथ लाल कर्णका तीन सन्तानमध्ये कर्ण कान्छा छोरा हुन् । उनका बुबा पेशाले शिक्षक थिए । रञ्जित कर्णका दुई सन्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?