+
+
Shares

संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १७:०७

११ माघ, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ ।

आइतबार आयोगको कार्यालयमा एक कार्यक्रमबीच कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारीले केन्द्रको शुभारम्भ गरे ।

केन्द्रको शुभारम्भ गर्दै उनले निर्वाचनका क्रममा कुनै पनि निर्वाचन क्षेत्रमा देखिन सक्ने समस्या तत्काल पहिचान गरी समाधान गर्नेगरी सक्रिय रूपमा काम गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको बताए ।

उनकाअनुसार निर्वाचन क्षेत्रमा खटिएका निर्वाचन अधिकारी र सुरक्षाकर्मीले समस्या नआउने सुनिश्चितताका लागि निरन्तर निगरानी गर्दागर्दै पनि स्थानीय स्तरमै समाधान हुन नसक्ने समस्या आएमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रले सबै पक्षसँग समन्वय र सहकार्य गरी समस्याको समाधान गर्नेछ ।

उनले भने, ‘यस केन्द्रले कुनै पनि निर्वाचन क्षेत्रमा समस्या आयो भने तत्काल परीक्षण गरेर समाधान गर्ने कार्यमा एकदमै दत्तचित्त भएर लाग्छ । यद्यपि कुनै पनि समस्याहरू आउन नदिन हाम्रा निर्वाचन क्षेत्रमा खटिएका अधिकारी एवं सुरक्षाकर्मीहरूले लाग्नुहुन्छ । यदि समस्या आइहाल्यो भने पनि उतै समाधान गर्नुहुन्छ । यदि त्यहाँबाट समाधान गर्न नसकिने प्रकृतिका कुनै समस्याहरू आए भने यस केन्द्रले तुरुन्तै समाधान गर्छ ।’

केन्द्रमार्फत निर्वाचन अवधिभर उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको मूल्यांकन, जनशक्ति तथा स्रोतसाधनको परिचालन, सूचनाको आदानप्रदान र समन्वयात्मक निर्णय प्रक्रिया सञ्चालन उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?