+
+
Shares

प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ

नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारसँग एजेण्डागत रुपमा सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १३:२१

२० चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारसँग एजेण्डागत रुपमा सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।  राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई आग्रह छ– आउनुहोस्, राष्ट्रिय एकता गरौँ यसको लागि सहकार्य गरौँ । एजेन्डाहरु तयार गरौँ ।’

निर्वाचनसम्म विचार फरक हुन सक्ने, पार्टी फरक हुन सक्ने तर निर्वाचनपछिको लक्ष्यसमुन्नत नेपाल, सम्मानित नेपाली बनाउने एउटै सबैको रहेको उनले बताए ।

सांसद् कर्णलेले लोकतन्त्र, सुशासन र राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याएका हुन् ।

संसदलाई भाषण गर्ने मात्र स्थान नभई जनअपेक्षालाई नीतिमा रूपान्तरण गर्ने जिम्मेवार मञ्च भएको उल्लेख गरे । उनले संसदको गरिमा जोगाउँदै जनविश्वास अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लोकतन्त्रमा जनताको आदेश सर्वोपरि हुने उल्लेख गर्दै कर्णले कांग्रेसको ऐतिहासिक भूमिका स्मरण गराए, जसले २००७ सालदेखि २०६२÷६३ का आन्दोलनसम्म लोकतान्त्रिक आधार निर्माणमा योगदान दिएको बताए ।

तर, विगतका उपलब्धिसँगै कमजोरीहरू पनि स्वीकार्नुपर्ने उनको भनाइ थियो ।

संविधानमार्फत अधिकार सुनिश्चित भए पनि सुशासन, रोजगारी र समृद्धिको अनुभूति जनतासम्म पुग्न नसकेको उनले बताए ।

ढिलासुस्ती, नीतिगत अवरोध र भ्रष्टाचार नियन्त्रणमा कमजोरी देखिएको उल्लेख गर्दै उनले युवाहरू वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको बताए ।

कर्णले शिक्षा, स्वास्थ्य, सुशासन र सामाजिक न्यायजस्ता क्षेत्रमा सुधार अपरिहार्य रहेको उल्लेख गर्दै सरकारसँग सहकार्य गर्न कांग्रेस तयार रहेको बताएका हुन् ।

पार्टी सभापति गगनकुमार थापा को ‘भिजन टेन’ र सरकारका एजेन्डाबीच समानता रहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण, संस्थागत सुदृढीकरण र प्रशासनिक सुधारमा सहकार्य हुने बताए ।

उनले नेपाली कांग्रेस ‘रूपान्तारित कांग्रेस, परिवर्तित देश’ को दृष्टिकोणसहित युवा स्वरोजगार, नवप्रवर्तन र आप्रवासी सीप उपयोगमा केन्द्रित रहेको पनि बताए । अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिमार्फत राष्ट्रिय हित संरक्षण गर्दै आर्थिक विकासलाई गति दिन सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता उनले जनाए ।

निजी क्षेत्रलाई सहजीकरण, पारदर्शी नियमन र आर्थिक गतिविधि विस्तारमा पनि कांग्रेस सकारात्मक रहने कर्णको भनाइ थियो । साथै, संविधानलाई अझ जनमैत्री बनाउन आवश्यक परे संशोधनका लागि पनि कांग्रेस तयार रहेको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?