+
+

यी हुन् सबैभन्दा धेरै बिक्री भएका १० स्मार्टफोन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १७:३४

काठमाडौं । एप्पलको आइफोन १५ बितेको अंग्रेजी वर्ष सन् २०२४ मा विश्व बजारमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बनेको छ ।

काउन्टरप्वाइन्ट रिसर्चको ग्लोबल ह्याण्डसेट मोडेल सेल्स ट्रयाकर रिपोर्ट अनुसार विश्वमा सर्वाधिक बिक्री हुने टपटेन स्मार्टफोनको सूचीमा लगातार तेश्रो वर्षपनि एप्पल र सामसुंगले नै कब्जा जमाएका छन् ।

गतवर्ष सामुसंगको स्थानमा सुधार आउँदा टपटेन मध्ये ४ वटा स्थान कब्जा गर्न सफल भएको छ। सन् २०२३ मा सामसुंगका तीनवटा फोन मात्रै यस सूचीमा परेका थिए ।

काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार एप्पलको आइफोन १५ सिरिजको आधारभूत मोडेलको फोन सन् २०२४ मा विश्वमा सर्बाधिक लोकप्रिय फोन बन्न सफल भएको छ । यो मोडेलका फोनमध्ये आधाजसो बिक्री त अमेरिका र चीनमा मात्रै भएका छन् ।

सबैभन्दा धेरै बिक्री हुने फोनको दोश्रो स्थानमा आइफोन १५ प्रो म्याक्स र तेश्रो स्थानमा आइफोन १५ प्रो रहेका छन् ।

सर्वाधिक बिक्री हुने स्मार्टफोनको चौथो नम्बरमा सामसुंगको ग्यालेक्सी ए१५ फाइभ जी परेको छ । एप्पलको पछिल्लो संस्करणको आइफोन १६प्रो म्याक्स चाहीँ यो सूचीको पाँचौ स्थानमा छ ।

त्यस्तै छेटौँमा ग्यालेक्सी ए१५ फोरजी, सातौँमा ग्यालेक्सी एस२४ अल्ट्रा र आठौँमा आइफोन १४ रहँदा नबौँमा आइफोन १६प्रो र दशौँमा ग्यालेक्सी ए०५ रहेका छन् ।

रिपोर्ट अनुसार ग्यालेक्सी एस२४ अल्ट्रा सन् २०१८ पछि टपटेन सूचीमा अटाउने सामसुंगको पहिलो एस मोडेलको फोन बन्न सफल भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स फिचर सहितको यो फोनले प्रयोगकर्तामाझ व्यापक आकर्षण पैदा गरेको छ ।

गतवर्ष ग्यालेक्सी २४ सिरिजका स्मार्टफोनको बिक्रीमध्ये आधा भन्दा धेरै अमेरिका र पश्चिमी युरोपमा भएका छन् । त्यस्तै अफ्रिका र मध्यपूर्वमा पनि यो मोडेलका फोनको बिक्री बढेको छ ।

सन् २०२३ का टपटेन स्मार्टफोनको सूची यस्तो थियोः

  • आइफोन १५
  • आइफोन १५ प्रो म्याक्स
  • आइफोन १५ प्रो
  • आइफोन १६ प्रो म्याक्स
  • आइफोन १५ प्रो
  • आइफोन १४
  • आइफोन १६ प्रो
  • ग्यालेक्सी ए१५ फाइभ जी
  • ग्यालेक्सी एस २४  अल्ट्रा
  • ग्यालेक्सी ए ०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?