+
+
Shares

हिमालय एयरलाइन्सले मार्चदेखि पोखरा–ल्हासा सिधा उडान गर्ने

हिमालयले आगामी मार्चदेखि सिधा उडान गर्ने घोषणा गरेको हो । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो नियमित उडान हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १५:३३
फाइल तस्वीर

३० माघ, काठमाडौं । निजी लगानीको नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पोखरा–ल्हासा रुटमा सिधा उडान गर्ने भएको छ ।

हिमालयले बुधबार यस्तो घोषणा गरेको हो । कम्पनीले आगामी मार्चदेखि सिधा उडान गर्ने घोषणा गरेको हो । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो नियमित उडान हुनेछ ।

यसअघि पोखरामा चार्टर उडान भइरहे पनि नियमित उडान हुन सकेको छैन । पोखरा नेपालको पर्यटन राजधानी हो । यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हिमालयले ल्हासाका लागि ‘स्लट’ मागिरहेको थियो ।

‘हिमालयले ल्हासामा स्लट पाएको हुनुपर्छ,’ उनले भने, ‘अब हिमालयले पोखराबाट ल्हासा उडाउन समस्या छैन, जति बेला पनि उडान गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?