
३० माघ, काठमाडौं । केमिकल इन्जिनियरिङ विद्यार्थी समाज (सोच)ले तीन दिने प्रदर्शनी र सम्मेलन आयोजना गरेको छ ।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको अप्लाइड साइन्स एण्ड केमिकल इन्जिनियरिङ विभागका स्नातक तहका विद्यार्थीहरूले २८, २९ र ३० गते कार्यक्रमको आयोजना गरिएको समाजकी अध्यक्ष एलिसा बुढाले जानकारी दिइन् ।
उनका अनुसार सम्मेलनमा ३५ बढी प्रोजेक्ट विद्यार्थीले प्रदर्शनी गरेका छन् ।
‘केमिकल इन्जिनियरिङ प्रदर्शन र सम्मेलन हो । केमिकल इन्जिनियरिङलाई उजागर गर्न गरेका हौं,’ उनले भनिन्, ‘नेपालको इतिहासमा केमिकल इन्जिनियरिङ कान्छो हो । एक दशक भयो। औद्योगिक क्रान्तिका लागि केमिकल इन्जिनियरिङको महत्त्व छ।’
तीन दिने कार्यक्रममा नीति निर्माणमा केमिकल इन्जिनियरिङको महत्त्वबारे विमर्श पनि भएको उनले बताइन् ।
‘फोहोरबाट मोहोर’ भन्ने शीर्षकमा विज्ञलाई बोलाएर छलफल भएको अध्यक्ष बुढाको भनाइ छ । ‘हामीले प्रदर्शनीमा बायोग्यास प्रोडक्सन मोडल, बालीरक्षक, हाइड्रोहक लगायतका प्रविधि राखेका छौं।’
नदीमा गाडी डुब्यो भने कहाँ छ र कसरी पत्ता लगाउने भन्ने प्रविधि पनि प्रदर्शनीमा राखिएको छ ।
नेपालमै उद्योगहरू स्थापना गरी विदेशी आयातको प्रतिस्थापन र स्वदेशी उत्पादन प्रवर्द्धन गर्न, देशभित्र रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरको जग उठाउन केमिकल इन्जिनियरिङ आवश्यकता रहेकोले प्रदर्शनी आयोजना गरिएको हो ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4