+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

डिजिटल वित्तीय समावेशीकरण मार्फत फोनपेको महिला सशक्तीकरण अभियान

अभियानको उद्देश्य महिलालाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु हो । नेपालको आर्थिक वृद्धिमा महिलाको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको र यसै आधारमा फोनपेले डिजिटल वित्तीय सेवामार्फत महिलालाई सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १८:५९

काठमाडौं । नेपालको भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक नयाँ अभियान सुरु गरेको छ । राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, ईसेवा र एभरेस्ट बैंकसँग साझेदारीमा अभियान सुरु भएको हो ।

अभियानको उद्देश्य महिलालाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु हो। नेपालको आर्थिक वृद्धिमा महिलाको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको र यसै आधारमा फोनपेले डिजिटल वित्तीय सेवामार्फत महिलालाई सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ ।

सक्षम नारी अभियानको मुख्य उद्देश्य महिलामा डिजिटल वित्तीय सेवाबारे जानकारी र सचेतना प्रदान गर्नु हो । अभियानले महिलालाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र दैनिक जीवनमा डिजिटल भुक्तानी प्रयोगमा प्रेरित गर्ने फोनपेले जनाएको छ ।

त्यसैगरी महिलालाई डिजिटल वित्तीय सेवा प्रयोग गर्न प्रोत्साहित गर्दै उनीहरूले आफ्नो अन्य महिला साथीलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गर्ने उद्देश्य छ ।

फोनपेका अनुसार अभियानका माध्यमबाट महिलालाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङबारे प्रशिक्षण र स्रोत उपलब्ध गराइने छन् । महिला प्रयोगकर्तालाई डिजिटल परिवर्तनमा सक्रिय बनाउने उद्देश्यसाथ अभियान ३१ मार्चसम्म चल्ने छ ।

अभियानमा सहभागी हुन महिला प्रयोगकर्ताले साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपद्वारा फोनेपेका कुनै पनि सेवा न्यूनतम ३ पटकसम्म प्रयोग गर्नुपर्ने हुन्छ जसले नगद भुक्तानीबाट डिजिटल भुक्तानी प्रणालीमा सहज र सुरक्षित संक्रमण सुनिश्चित गर्ने छ ।

सक्षम नारी अभियानमा महिला सहभागिता बढाउन फोनपे र साझेदार बैंकहरूले विशेष पुरस्कार योजनाको घोषणा गरेका छन् । प्रत्येक बैंकबाट एक महिला विजेता (कुल ६ जना) लाई नटराज ज्वेलर्सबाट हिराको गहना उपलब्ध गराइने छ ।

त्यस्तै प्रत्येक साझेदार बैंकबाट ५० महिला विजेतालाई १ हजार रुपैयाँको सपिङ भौचर प्रदान गरिने छ फोनपेले जनाएको छ ।

‘आर्थिक वृद्धिका लागि वित्तीय समावेशन अत्यन्त महत्त्वपूर्ण छ, तर डिजिटल वित्तीय सेवा प्रयोगमा महिलाबीच ठूलो अन्तर छ, जहाँ महिलामात्र एक तिहाइ सक्रिय डिजिटल भुक्तानी प्रयोगकर्तामा सीमित छन्,’ फोनपेकी बजार प्रमुख सलिना नकर्मीले भनिन्, ‘हालैको बैंकिङ तथ्यांकले देखाएको यो अन्तर घटाउन, सक्षम नारी अभियान पुनः सुरु गरेका हौं । यो एक ब्रान्ड बिल्डिङ पहल हो जसले महिलालाई डिजिटल वित्तीय साक्षरता मार्फत सशक्त बनाउने उद्देश्य राखेको छ । यो अभियानले नेपालको डिजिटल परिवर्तन अघि बढाउन र सबैका लागि पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?