१७ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच चर्काचर्की भएको छ । बैठकमा चर्काचर्की भएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
उक्त बैठकको प्रत्यत्क्ष प्रशासन भने हुन सकेन । संसद् सचिवालयका अनुसार केही प्राविधिक समस्याका कारण बैठक लाइभ हुन नसकेको हो ।
यद्यपि अहिले संसद् सचिवालयले बैठकको भिडिओ वेबसाइटमार्फत उपलब्ध गराएको छ ।
सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताएका थिए ।
तर, विपक्षीहरूले कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4