+
+
Shares

अतिरिक्त स्वास्थ्य सचिवका लागि २४ जनाको आवेदन

स्वास्थ्य मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार रिक्त दुई अतिरिक्त सचिव पदमा २४ जनाले आवेदन दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १८:५०

२७ चैत, काठमाडौं । स्वास्थ्य सेवाको अधिकृत १२औं तहमा अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवाका लागि २४ जनाले आवेदन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार रिक्त दुई अतिरिक्त सचिव पदमा २४ जनाले आवेदन दिएका हुन् ।

गत १२ फागुनमा स्वास्थ्य सचिवबाट डा. रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिवबाट डा. दीपेन्द्ररमण सिंहले अवकाश पाएका थिए । रिक्त सचिव पदमा डा. विकास देवकोटाले नियुक्ति पाएपछि दुई अतिरिक्त स्वास्थ्य सचिव पद रिक्त भएको छ ।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहबाट सचिव सहित ५ जना अधिकृत १२औं तहको दरबन्दी छ ।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा गर्न भन्दै रिक्त दुई पदका लागि सचिवालयले गत ६ चैतमा सूचना प्रकाशित गर्दै आवेदन मागेको थियो ।

आवेदकहरूको फारम रुजु गर्ने काम भइरहेको सचिवालयले जनाएको छ । दुर्गममा काम गरेको र सेवा अवधिका हिसाबले सबैभन्दा बढी नम्बर ल्याउने आधारमा बढुवाका लागि सिफारिस गरिनेछ ।

आवेदन दिनेमा डा. दिपक थापा, डा. सञ्जयकुमार ठाकुर, डा. यदुचन्द्र घिमिरे, डा. कृष्णप्रसाद पौडेल, डा. किरणमणि पौडेल, डा. सरोज शर्मा, डा. रुना झा छन् ।

यसैगरी डा. चुमनलाल दास, डा. अनुज भट्टचन, डा. बासुदेव जनार्दन प्रसाद उपाध्याय, दुर्गालक्ष्मी श्रेष्ठ, डा. सरोज शर्मा, डा. सुधा देवकोटा, नारायणप्रसाद ढकाल र डा. किरणमणि पौडेलले बढुवाका लागि आवेदन दिएका छन् ।

यस्तै, डा. राजन पाण्डे, डा. प्रभा चापागाईँ, डा. श्रीकृष्ण श्रेष्ठ , डा. विष्णुप्रसाद शर्मा, डा. प्रविण श्रेष्ठ, डा. केशरबहादुर ढकाल, २४. डा. विनोदविन्दु शर्मा, डा. श्रवण कुमार थापा, डा. अजित रायमाझी, डा. चन्द्रभाल झा र डा. डेलसिह जोशी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?