 
																			५ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् ।
शुक्रबार पोखरामा प्रादेशिक आपतकालीन गोदामघरर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
अहिलेको संविधान र व्यवस्थाको सुरक्षा प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ ।
पूर्वराजाका नाममा वा कुनै समूहका नाममा संविधानमा, व्यवस्थामा प्रहार गर्ने कुरा कुनै पनि हालतमा क्षम्य नहुने उनले बताए ।
ठूलो बलिदानबाट यो संविधान र व्यवस्था बनेको गृहमन्त्री लेखकको भनाइ थियो ।
साना साना संशोधन हुन सक्ने भए पनि कुनै पनि हालतमा पश्चगामी हुन नसक्ने गृहमन्त्री लेखकले बताए । ‘हामी संशोधन गर्छौंं, यो हुन्छ । सहमतिका आधारमा संविधान संशोधन गर्छौंं र लोकतान्त्रिक संघीयता व्यवस्थालाई बलियो बनाउँछौं,’ गृहमन्त्री लेखकले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4