
१७ वैशाख, काठमाडौं । वीरगञ्जमा सांस्कृतिक कार्यक्रमहरूमा आतसबाजी र पटका प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिने भएको छ ।
यस्ता क्रियाकलापबाट सर्वसाधारणको स्वास्थ्य र दैनिकी समेत प्रभावित हुने ठहर बैठकले गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार बसेको सरोकारवाला पक्षको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले ध्वनि प्रदूषणलाई मध्यनजर गर्दै डिजे बजाउन क्रमशः निरुत्साहित गर्दै जाने सहमति भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार हाललाई राति १० बजेपछि पूर्णरूपमा डिजे बजाउन निषेध गर्ने सहमति भएको र तुरुन्तै अन्य सरोकारवालाहरूसँग पनि बैठक बसेर डिजेलाई पर्सा जिल्लामा पूर्ण रूपमा प्रतिबन्ध गरिने छ ।
बैठकमा पर्साका एसपी गौतम मिश्रले बैठकमा भएको सहमतिलाई सबैले अक्षरस पालना गर्न आग्रह गर्दै सहमतिको उल्लंघन भए कारबाहीको दायरामा ल्याउने बताए ।
होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तका अनुसार विवाह, ब्रतबन्ध, धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको बुकिङ गर्दा होटल तथा पार्टी प्यालेसहरूमा डिजे र पटकाको प्रयोगलाई पूर्ण बन्देज लगाइएको विषय खुलाएर सम्झौता गर्नुपर्ने सहमति भएको छ । ।
प्रतिक्रिया 4