+
+
Shares

एमालेको निष्कर्ष- पार्टीभित्रको समस्या राष्ट्रिय राजनीतिमा पोख्दा राम्रो हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १८:०६

२१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दलहरूभित्र हुने विभिन्न समस्याहरू त्यहीँ भित्रबाट समाधान हुनुपर्ने निष्कर्ष निकालेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, ती समस्याहरूलाई राष्ट्रिय राजनीतिमा बिसाउन नहुने एमालेको निष्कर्ष छ ।

‘दलहरूभित्र आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा बिसाउन हुँदैन । दलभित्रका समस्या आफ्नो ठाउँमा होलान् । हाम्रो पार्टीमा केही समस्या छन् भने त्यो समाधान गर्ने दायित्व हाम्रो हो,’ ज्ञवाीलले थप प्रष्ट पार्दै भनेका छन्, ‘पार्टीभित्रका समस्या यदी राष्ट्रिय राजनीतिमा जोडिन थाले, त्यहाँ गएर समाधान खोज्न थालियो, त्यहाँभित्रको समस्यालाई त्यहाँ पोख्न थालियो भने त्यसले राम्रो गर्दैन भन्ने हाम्रो निष्कर्ष हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?