+
+
Shares

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते ९:५४

२२ वैशाख, काठमाडौं । संघीय संसद्‍मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्‍मा प्रस्तुत गरेका थिए । त्यसमाथि आजदेखि छलफल हुन लागेको हो ।

यस निम्ति प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । दुवै सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ  । त्यसपछि आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?