
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- सरकारले दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) रोकिएको छ।
- एनओसी रोकिएको मुख्य कारण कोरियामा विद्यार्थीले समस्या भोगिरहेको जानकारी प्राप्त भएको हो।
- अध्ययनको अनुसन्धान भइरहेको हुँदा केही समयपछि निर्णय हुनेछ।
- कोरियामा भाषा अध्ययन गर्न जाने विद्यार्थीको संख्या रहेको छ।
- नेपालको विश्वभाषा क्याम्पसमा पनि भाषा पढाइन्छ।
२८ वैशाख, काठमाडौं । सरकारले दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) रोकेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मको लागि कोरियाको एनओसी रोकिएको जनाएको छ ।
‘कोरियामा विद्यार्थीले दुःख पाएको भनेर दूतावासबाट परराष्ट्रमा कुरा आएको रहेछ । के भएको हो भनेर बुझ्नका लागि एनओसी रोकिएको हो,’ मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकालले अनलाइनखबसँग भने ।
अनुसन्धानको काम भइरहेकाले केही समयपछि कोरियाको एनओसीबारे निर्णय आउने उनले बताए ।
‘कोरियामा भाषा पढ्न जाने रहेछन् । भाषा मात्र त नेपालकै विश्वभाषा क्याम्पसमा पनि पढाइ हुन्छ । थप अवस्था बुझेर खोल्ने नखोल्ने निर्णय हुन्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4