+
+
Shares

शेखरको प्रश्न- गभर्नर नियुक्तिमा चलखेल भएको त छैन ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल र संविधानको उल्लंघनको आशंका व्यक्त गरे।
  • रेमिट्यान्सको नाममा अवैध पैसा नेपालमा भित्रिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।
  • कोइरालाले सुशासन र भ्रष्टाचार अन्त्य गर्न आवश्यक रहेको र दण्डहीनता बढ्दै गएको बताए।

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भइरहेको शंका व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको शंका गर्दै यही कारण गभर्नर नियुक्तिमा पनि चलखेल भइरहेको हुनसक्ने आशंका गरे ।

‘मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि त्यो चलखेल त भएको छैन ? मेरो चिन्ता त्यहाँ छ, म भन्न सक्दिनँ, मलाई थाहा छैन त्यो राष्ट्र बैंकको कुरा । सभापतिजीसँग कुरा गर्दा राम्रै मान्छे हुन्छ,’ नेता कोइरालाले अघि भने, ‘डेमोक्रेट नै हुन्छ भनेर आश्वस्त पार्नुभएको छ । म त्यसमा आश्वस्त छु । मलाई ढुक्क छ । तर, यो कुरा सोच्दा कतै कहीँ गडबड त भइरहेको छैन भन्ने चिन्ता छ ।’

उनले गभर्नर नियुक्तिमा संविधान मिचिएको भन्दै चिन्ता पनि व्यक्त गरे ।

‘संविधानलाई मिचियो, यही गभर्नरको केसमा । संविधानमा गभर्नर नियुक्तिको टर्म सकिनुभन्दा एक महिना अघि नै हुनुपर्छ भनेर लेखेको छ । उहाँ (महाप्रसाद अधिकारी) चैत २७ गते नै रहेछ । वैशाख बितिसक्यो, जेठमा यो हाल छ । यसरी कति दिन चल्छ देश ?,’ नेता कोइरालाको प्रश्न छ ।

गत महिना मात्रै करिव २ खर्ब रेमिट्यान्स भित्रिएको तथ्याङ्क रहेको र बैदेशिक रोजगारमा जाने व्यक्तिले पठाउँदा पनि उक्त रेमिट्यान्स सम्भव नदेखिएको भन्दै रेमिट्यान्सका नाममा अवैध पैसा नेपालमा भित्रिरहेको आशंका उनको थियो ।

त्यस्तै, कोइरालाले सुशासन र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा देशमा दण्डहीनता बढ्दै गएकाले जनतामा असन्तुष्टि देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?