
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा नेपाली कलाकारले पनि दर्शकलाई नाच्न बाध्य पारेका थिए।
- कार्यक्रममा बलिउड डान्सर नोरा फतेही र नेपाली कलाकारहरूबीच आकर्षक प्रस्तुति देखिएको थियो।
- यस कार्यक्रमको मुख्य उद्देश्य शिक्षाबाट वञ्चित बालबालिकाको लागि सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’लाई सहयोग गर्नु थियो।
काठमाडौं । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीसँगै नेपाली कलाकारले पनि दर्शकलाई नचाएका छन् । शनिबार बेलुका काठमाडौंमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’मा दुर्गेश थापासँगै ‘भ्वाइस अफ नेपाल’को सिजन ६ का उत्कृष्ट ५ फाइनलिस्टले दमदार प्रस्तुति दिए ।
दुर्गेशले आफ्नो हिट गीत ‘दुश्मन हेरेको हेर्यै’ गाउँदा अन्य नेपाली कलाकारले विभिन्न गीतमा प्रस्तुति दिए । तेरिया मगर र समर्पण लामाको नृत्य पनि आकर्षक रह्यो ।
भ्वाइसको पछिल्लो सिजनका फाइनलिस्टहरू विजेता प्रोसेस पाण्डेसहित अर्पण आचार्य, रोशन राई, प्रमेश राई, इन्द्रकला राईले सानदार प्रस्तुति दिए ।
कार्यक्रममा फतेहीसहित नेपाली कलाकारको प्रस्तुति हेर्न हायातको चौरमा हजारौं दर्शक सहभागी रहे । ‘स्नेक’सहितका चर्चित बलिउड ट्रयाकमा नोराले कोरससहित प्रस्तुति दिएकी थिइन् ।
यो च्यारिटी कार्यक्रमको उद्देश्य शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना गरिएको हो ।
प्रस्तुतिको लागि शनिबार बिहान दुईबाट काठमाडौं आएकी नोरा आइतबार फिर्ने कार्यक्रम छ । वल्र्डवाइ फिल्म्सले नोराको टीमलाई नेपाल ल्याएको हो ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4