+
+
Shares

नोरा फतेहीले काठमाडौंमा दिइन् प्रस्तुति (तस्वीर)

‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा फतेहीको प्रस्तुति हेर्न हायातको चौरमा हजारौं दर्शक सहभागी रहे । ‘स्नेक’सहितका चर्चित बलिउड ट्रयाकमा नोराले कोरससहित प्रस्तुति दिएकी थिइन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ जेठ ३ गते २३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नोरा फतेहीले काठमाडौंमा हायात मैदानमा आफ्नो प्रस्तुति दिएकी थिइन्।
  • यस कार्यक्रमको मुख्य उद्देश्य शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गर्न थियो।
  • नेपाली कलाकारहरूले पनि यस कार्यक्रममा भाग लिएका थिए।

काठमाडौं । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार बेलुका काठमाडौंमा प्रस्तुति दिएकी छन् । बौद्धस्थित हायात मैदानमा उनले आफ्ना हिट गीतमा नृत्य प्रस्तुति दिइन् ।

‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा फतेहीको प्रस्तुति हेर्न हायातको चौरमा हजारौं दर्शक सहभागी रहे । ‘स्नेक’सहितका चर्चित बलिउड ट्रयाकमा नोराले कोरससहित प्रस्तुति दिएकी थिइन् ।

यो च्यारिटी कार्यक्रमको उद्देश्य शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना गरिएको हो ।

प्रस्तुतिको लागि शनिबार बिहान दुईबाट काठमाडौं आएकी नोरा आइतबार फिर्ने कार्यक्रम छ । वल्र्डवाइ फिल्म्सले नोराको टीमलाई नेपाल ल्याएको हो । कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले प्रस्तुति दिए ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?