
News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृति, इतिहास र सम्पदा संरक्षणको लागि समाजमा आएको तीव्र परिवर्तन चुनौतीपूर्ण भएको बताइएको छ।
- मन्त्री पाण्डेले संग्रहालय केवल वस्तु होइन, पहिचान र भावना व्यक्त गर्ने स्थान हो भन्ने बताएका छन्।
- काठमाडौं उपत्यकामा नेवार समुदायले आफ्नो संस्कृति जोगाइराख्न सफल भएकोले यसको प्रशंसा गरिएको छ।
४ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायमा आएको तीव्र परिवर्तनका कारण संस्कृति, इतिहास र सम्पदा लोप हुने खतरा बढेको बताएका छन् ।
आइतबार विश्व संग्रहालय दिवस २०२५ का अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री पाण्डेले समाज परिवर्तन हुँदै गइरहेको भए पनि विगतका संस्कृति र इतिहास संरक्षण गर्नु अत्यन्त आवश्यक भएको बताए ।
तीव्र बसाइँसराइ र सामाजिक रूपान्तरणका कारण संस्कृति तथा सम्पदा संरक्षण चुनौतीपूर्ण बन्दै गएको उनको तर्क छ ।
मन्त्री पाण्डेले संग्रहालय केवल वस्तुको संग्रहालय नभई पहिचान र भावनाको प्रतिनिधित्व गर्ने थलो भएको समेत बताए ।
‘हामीसँग रहेका सम्पदाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उचित सम्मान र चर्चा पाउनुपर्छ, संग्रहालय र सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ,’ उनले भने ।
उनले संग्रहालयको महत्त्व र गरिमालाई मूर्त तथा अमूर्त रूपमा संरक्षण गर्नुपर्ने मूलसन्देश आत्मसात गर्न आवश्यक रहेको बताए । काठमाडौं उपत्यकामा नेवार समुदायले आफ्नो संस्कृति जोगाइराख्न सफल भएकोमा खुसी व्यक्त गर्दै उनले त्यसलाई उदाहरणीय अभ्यास मान्न सकिने बताए ।
प्रतिक्रिया 4