+
+
Shares

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले गर्‍यो पीडितसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते २१:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले काठमाडौंमा पीडितहरूसँग छलफल गरेको छ।
  • आयोगले छलफलको क्रममा पीडितहरूको समस्या सुनेर समाधान खोज्ने प्रयास गरेको हो।
  • सरकारसँग पटक पटक सहमति भएता पनि पीडितहरूले आन्दोलन चर्काउने तयारी गरिरहेका छन्।

५ जेठ, काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितहरूसँग छलफल गरेको छ ।

पटक पटक सरकारसँग सहमति गरेका पीडितहरूले फेरि आन्दोलन चर्काउने तयारी गरिरहेका बेला बाबुराम रेग्मी नेतृत्वको आयोगसँग छलफल गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सोमबार प्रशासन कार्यालयको हलमा मिटरब्याज पीडितहरूसँग आयोगले छलफल गरेको बताए ।

उनले भने, ‘आयोगकै काम अन्तर्गत छलफल भएको हो । हामी हल मात्रै उपलब्ध गराएका हौं ।’

आयोगको सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?