+
+
Shares

सिन्दूर र बनारसी सारीमा ऐश्वर्याको कान्स सौन्दर्य (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्स फिल्म फेस्टिभलमा ऐश्वर्या रायको उपस्थितिले चर्चा पाएको छ।
  • उनले सिन्दूर लगाएर आफ्नो सौन्दर्य प्रस्तुत गरेपछि दुईवटा व्याख्या भइरहेका छन्।
  • उनको तस्वीर र उपस्थितिले बलिउड र बच्चन परिवारको सम्बन्धबारे चर्चा बढाएको छ।

काठमाडौं । यस्तो लाग्छ, कान्स फिल्म फेस्टिभल र ऐश्वर्या राय पर्याय हुन् । यी ‘ब्युटी क्वीन’बिना कान्सको रेडकार्पेट अधुरो महसुस हुन्छ । कान्स सुरु भएको सातापछि उनै बलिउड डीभाले कान्समा आफ्नो सौन्दर्य छरिन् ।

ऐश्वर्याको यसपटकको यसपटकको कान्स सहभागिता अघिपछि भन्दा अर्थपूर्ण रह्यो । उनले सिन्दूर लगाएरै रेडकार्पेटमा सौन्दर्य प्रस्तुत गरिन् । हुन त,अर्की अभिनेत्री अदिती राव हैदारीले पनि सिन्दूर लगाइन् । तर, चर्चा ऐश्वर्याको भयो ।

उनले सिँउदोमा लगाएको सिन्दूरलाई लिएर दुई कोणबाट ब्याख्या भैरहेका छन् । एकथरीले अभिषेक बच्चनसँग डिभोर्स नभएको सन्देशको रुपमा ऐश्वर्याले सिन्दूर लगाएको तर्क गरिरहेका छन् भने अर्कोथरीले पाकिस्तानसँग भारतले हालै गरेको ‘अप्रेसन सिन्दूर’को समर्थन गरेको रुपमा लिएका छन् ।

कुरा जे भएपनि, ऐश्वर्याको उपस्थितीले कान्सको ध्यान आफूतिर तान्यो । कान्सबाट ऐश्वर्याका केही फोटो बाहिर आएका छन्, जसमा उनले फरक तरिकाले पोज दिइरहेकी छन् । केहीमा उनी हात हल्लाइरहेको देखिन्छिन् भने केहीमा नमस्ते भन्दै गरेको देखिन्छ । उनका तस्वीरलाई बलिउडका प्रसिद्ध फेसन डिजाइनर मनीष मल्होत्राले पनि सेयर गरेका छन् ।

मलहोत्राले डिजाइन गरेको बनारसी सारीमा ऐश्वर्या ब्युटीफुल देखिएकी छन् ।

ऐश्वर्याका फ्यानले यी तस्वीर विगत एक वर्षदेखि ऐश्वर्या र अभिषेकको सम्बन्ध विच्छेद हुने दाबी गर्नेहरूलाई कडा जवाफ भन्दै आएका छन् । कतिपयले त बच्चन परिवार र बुहारी ऐश्वर्याबीच निरन्तर तनाव रहेको पनि बताए । ऐश्वर्या आफ्नो माइतीघरमा बस्दै आइरहेकी छिन् तर उनको सिउँदोमा सिन्दूर देखेक धेरैजना निःशब्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?