
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा अन्तर्गतको समिति सभापति रामहरि खतिवडाले निजामती कर्मचारीहरूका लागि कुलिङ पिरियडको व्यवस्था गरेको बताएका छन्।
- खतिवडाले संसद्मा छिटो निर्णय लैजानुपर्ने र कुलिङ पिरियडको प्रावधान समितिले निर्णय गरिसकेको बताए।
- उहाँले निजामती विधेयक कर्मचारीको संविधान हो र यसको निर्णय सरकारको जिम्मा भएको स्पष्ट गर्नुभयो।
८ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले फ्रेस हुनका लागि निजामती कर्मचारीहरूलाई कुलिङ पिरियडको व्यवस्था राखिएको बताएका छन् ।
विधेयकमा कुलिङ पिरियडको प्रावधान राखिएको र सो विषय समितिबाट निर्णय भइसकेको भन्दै उनले संसद्मा छिटो पठाउनुपर्ने बताए ।
‘समितिले गर्ने निर्णय समितिकै हुन्छ । यहाँको निर्णय संसद्मा जान्छ, अहिले समिति आफूले गरेको निर्णयमा छिटोभन्दा छिटो सदनमा लैजाने गर्छ,’ खतिवडाले भने ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खतिवडाले बाहिरिएको भोलिपल्टै अर्को कुनै निकायमा नियुक्त हुँदा स्वार्थको द्वन्द देखिने भएकाले कुलिङ पिरियडको प्रावधान ल्याएको बताए ।
‘कुलिङ पिरियड भनेको, भारत, बंगलादेश, अमेरिकामा पनि छ । हामीले कोही कर्मचारीलाई अविश्वास गरेका होइनौं । उहाँहरू ३० वर्षसम्म सेवा गर्नुभएको छ, त्यसपछि दुईवर्ष रिचार्ज गर्नुहोस्, फ्रेस हुनुस् । यसको मतलब बाख्रा चराउनुस्, नातिनातिना खेलाउनुस् भनेको छैन नि,’ खतिवडाले भने ।
सभापति खतिवडाले कुलिङ पिरियडको बिषयमा मुख्यसचिव लगाएतका सचिवहरुको चासो अस्वभाविक रहेको जिकिर गरे ।
‘निजामती विधेयक भनेको कर्मचारीको संविधान हो । अब यो विधेयक बनाउने काम संवैधानिक असंवैधानिक के हो भन्ने जिम्मा तपाईंको र मेरो होइन । त्यसको अर्कै निकाय छ । हामीले एउटा निर्णय गरिसकेका छौं, त्यो पनि सर्वसम्मत,’ उनले भने, ‘रिचार्ज भएर देशका लागि आवश्यक पर्दा आउनुस् । चाहियो भने जतिबेला पनि सरकारले लिनसक्छ ।’
प्रतिक्रिया 4