+
+
Shares

ग्वार्को फ्लाइओभरमा धमाधम कालोपत्र (तस्वीरहरू)

१२ फागुन २०७८ मा ठेक्का लागेको फ्लाइओभरको निर्माण संरचना केही दिनअघि सकिएपछि कालोपत्र सुरु गरिएको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ जेठ ८ गते २२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्वार्को फ्लाईओभर धमाधम कालोपत्र गर्न थालिएको छ।
  • निर्माण सकिएपछि आजदेखि कोटेश्वरतर्फ र राति सातदोबाटोतर्फ कालोपत्र गर्न थालिएको हो।
  • निर्माण कम्पनीले जेठभित्रै फ्लाईओभर सञ्चालन गर्न तयारी गरिरहेको जानकारी दिइएको छ।

८ जेठ, काठमाडौं । ललितपुरस्थित ग्वार्को फ्लाईओभरमा धमाधम कालोपत्र भइरहेको छ ।

१२ फागुन २०७८ मा ठेक्का लागेको फ्लाइओभरको निर्माण संरचना केही दिनअघि सकिएपछि कालोपत्र सुरु गरिएको हो ।

ग्वार्को फ्लाईओभर अन्तर्गत ३० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्‍याम बनाइएको छ ।

संरचना निर्माण सकिएपछि आजदेखि कोटेश्वरतर्फको भागमा कालोपत्र गर्न थालिएको हो । यस्तै पानी नपरे सातदोबाटोतर्फको भागमा पनि आजै राति कालोपत्र गरिने तयारी गरिएको छ, जसका लागि ग्राबेल हालेर पेल्ने काम भइरहेको छ ।

निमार्ण कम्पनीका अनुसार काम नबिथोलिए यही जेठभित्रै ग्वार्को फ्लाइओभर सञ्‍चालन गर्ने तयारी छ ।

यो आयोजना ‘इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडेलमा बनाउने गरी २०७८ सालमा टेन्डर निस्किएको थियो ।

निर्माण कम्पनीबाटै डिजाइन तयार भई सडक विभागबाट स्वीकृत भएपछि आयोजना निर्माण थालिएको थियो ।

चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाललगाइ माथि उठाएर फ्लाई ओभर बनाइएको हो । ग्वार्को चोकमा बन्ने पुल मुनिबाट मंगलबजार–इमाडोल जाने सवारीसाधन निर्वाध चल्न सक्ने गरी बनाइएको छ ।

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो आयोजना ठेक्का अवधिभित्रै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?