+
+
Shares

टौदहमा मनसुन प्रतिकार्य सम्बन्धी उद्धार अभ्यास (तस्वीरहरू )

आर्यन धिमाल आर्यन धिमाल
२०८२ जेठ ९ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको टौदहमा मनसुन प्रतिकार्य सम्बन्धी उद्धार अभ्यास शुक्रबार सम्पन्न भयो।
  • अभ्यासमा बाढी जोखिम, डुब्नेलाई उद्धार र जोखिम न्युनिकरणका कार्य देखाइएका थिए।
  • सरकार र सुरक्षा निकायले विपद् व्यवस्थापनमा कार्यदक्षता र तयारी सुधार गर्न अभ्यास गरे।

९ जेठ, काठमाडौं। बर्खा लाग्नै लाग्दा कीर्तिपुरको टौदहमा मनसुन प्रतिकार्य सम्बन्धी उद्धार अभ्यास गरिएको छ ।

शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा नेपाल रेडक्रसको संयुक्त टोलीले मनसुन प्रतिकार्य सम्बन्धी उद्धार अभ्यास गरेका हुन् ।

विपद्को समयमा संयुक्त खोज तथा उद्धारमा खटिँदा कार्यदक्षता अभिवृद्धि भई व्यावहारिक ज्ञान हासिल गर्न सरोकारवाला निकायले टौदहमा अभ्यास गरे ।

भविष्यमा हुने विपद् व्यथापनको लागि यो अभ्यास निकै महत्त्व हुने सरोकारवालाहरूले बताएका छन् ।

अभ्यासमा बाढीमा हुने सम्भावित जोखिम बाट बच्ने उपाय, पानीमा डुबेकोलाई उद्धार गर्ने लगायत अन्य जोखिम न्युनिकरणीका कार्यहरू देखाइएको थियो । उनीहरूले देशभर विपद् व्यवस्थापनका घटनामा अग्रपंक्तिमा रहेर कसरी काम गर्न सकिन्छ भनेर पुर्वतयारी गरेका हुन् ।

आगलागीका घटना होस या बाढी पहिरो डुबानका घटनामा कुशलता पूर्वक उद्धारको काममा थप सहजता होस् भनेर उद्धार कार्यमा सरोकारवाला निकाय चनाखो बनेका हुन् ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?