+
+
Shares

धादिङको थाक्रेमा पुल भ्वाङ परेपछि यात्रु अलपत्र (तस्वीरहरू)

पुलमा भ्वाङ परेर पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गन्तव्यतर्फ हिँडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका हुन् । बाटो अवरुद्ध भएपछि केही यात्रुहरु भने आफ्ना झोला बोकेर गन्तव्यतर्फ लम्किँदै अगाडि बढ्न थालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १३ जेठमा धादिङको थाक्रे गाउँपालिका–७ मा सोताङ खोलाको पुलमा भ्वाङ परेपछि यातायात पूर्णरुपमा बन्द भएको छ।
  • बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुखले डाइभर्सनको काम सुरु भएको र अझै नयाँ बाटो बन्न कति समय लाग्ने निश्चित नभएको बताए।
  • पुरानो पुलको क्षतिले गर्दा सवारी आवागमन रोकिएको र नयाँ पुल निर्माणको क्रममा भाइब्रेसनले पुरानो पुलमा क्षति पुगेको हो।

१३ जेठ, धादिङ। थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेर यातायात ठप्प भएपछि यात्रु अलपत्रमा परेका छन् ।

पुलमा भ्वाङ परेर पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गन्तव्यतर्फ हिँडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका हुन् । बाटो अवरुद्ध भएपछि केही यात्रुहरु भने आफ्ना झोला बोकेर गन्तव्यतर्फ लम्किँदै अगाडि बढ्न थालेका छन् ।

पुलमा भ्वाङ परेर यातायात अवरुद्ध भएपछि वारितर्फका गाडी वारि नै र पारीतर्फका सवारीहरु पारी नै छन् । जसकारण हिँडेर पुल क्रस गरेर केही यात्रुहरु भने पारि तर्फका गाडी चढेर गन्तव्यमा जाने तरखरमा अघि बढेका छन् ।

पुलमा क्षति भएर आवगमन पूर्ण रुपमा रोकिएकाले डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार अहिले डोजर डाइभर्सनको काम सुरु गरिरहेको छ । अझै बैकल्पिक बाटो बन्न कति समय लाग्छ भन्ने यकिन भइनसकेको उनी बताउँछन् ।

सोताङ खोलामा अहिले नयाँ पुल निर्माणको काम भइरहेको छ । पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान छ ।

पुरानो पुल चर्केको र साइडमा भ्वाङ समेत परेकाले अहिले सवारी आवागमन पूर्णरुपमा रोकेर डाइभर्सनको काम सुरु गरिएको एसपी सुवेदीले बताए ।

 तस्वीरहरू : रूपक चौलागाईं/ अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?