+
+
Shares
मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

एकैपटक १० जना सचिवको सरुवा, अरु के-के निर्णय भए ?

मंगलबार सिंहदरबारमा जेठ १२ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवको सरुवा गर्ने निर्णय भएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले १० जना सचिवहरुको सरुवा गरेको छ।
  • बैठकले बिज्ञापन बोर्डको अध्यक्ष पदमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्न स्वीकृति दिएको छ।
  • नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा डा कृष्ण प्रसाद तिम्सीनालाई नियुक्त भएका छन्।

१३ जेठ, काठमाडौं। सरकारले एकैपटक १० जना सचिवको सरुवा गरेको छ ।

मंगलबार सिंहदरबारमा जेठ १२ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवको सरुवा गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले प्रशासन सेवा समूहतर्फ सहसचिव भुपाल बराल र इन्जिनियरिङ सेवातर्फ दिनानाथ मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक सेवा प्रसारण नियमावली २०८२ स्वीकृत गर्नुका साथै विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

मन्त्रिपरिषद्ले जापान सरकारबाट छात्रबृत्ति परियोजनाका लागि प्राप्त हुने करिब ५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै इपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?