+
+
Shares

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू )

मंगलबार माइतीघरमण्डलमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले संयुक्त रुपमा प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ जेठ १३ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार काठमाडौंमा विभिन्न विद्यार्थी संगठनले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रदर्शन गरे।
  • प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन र मन्त्रीको राजीनामा आवश्यक ठहराए।
  • भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन्।

१३ जेठ, काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठनलगायतले प्रदर्शन गरेका छन् ।

मंगलबार माइतीघरमण्डलमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले संयुक्त रुपमा प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।

उनीहरूले नालायक गृहमन्त्री राजीनामा दे, भ्रष्ट गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गरलगायतका नारा लगाएका थिए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।

उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक चल्न दिएनन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रालय सहसचिव तीर्थराज भट्टराई पक्राउ परिसकेका छन् ।

हेर्नुहोस् तस्वीहरू :

 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?